आज :

थप २ हजार ४४२ जनामा कोरोना संक्रमण, ५१ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा थप २ हजारभन्दा बढीमा कोरोना भाइरसबाट संक्रमित भएको पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

देशभरका विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१ दशमलव ३ प्रतिशतमा संक्रमण देखिएको हो।

जसमध्ये सबैभन्दा बढी संक्रमण दर गण्डकी प्रदेशमा देखिएको छ। गण्डकीमा परीक्षण ७३७ जनामा ३२१मा संक्रमण देखिएको हो।

त्यसैगरी पछिल्लो २४ घन्टामा ३ हजार ४ सय ५६ जना डिस्चार्ज भएका छन्। मन्त्रालयका अनुसार आइतबार कोरोनाबाट थप ५१ जनाको ज्यान गएको छ ।

काठमाडौं उपत्यकामा ५४८ जनामा कोरोना संक्रमण देखिएको छ। जसमध्ये काठमाडौंमा ४५० ,ललितपुरमा ५३ र भक्तपुरमा २५ जना नयाँ संक्रमित थपिएका हुन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal