
काठमाडौँ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा पत्रकारलाई कोरोना भाइरसविरुद्धको खोप लगाइएको छ । शाखाले स्वास्थ्य कार्यालय ललितपुरसँग समन्वय गरेर आफ्ना सबै सदस्यलाई आइतबार कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएको हो ।
महासंघका ललितपुर अध्यक्ष सागर न्यौपानेले कोरोना खोप नलगाएका शाखाका सबै सदस्यहरुलाई आइतबार चिनियाँ खोपको पहिलो डोज लगाइएको बताए । उनले अग्रमोर्चामा रहेर काम गर्ने पत्रकार जोखिममा रहेकोले खोप लगाउन पहल गरेको बताए ।
शाखाको पहललाई जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले सकारात्मक रुपमा लिएर खोप उलपब्ध गराएको भन्दै अध्यक्ष न्यौपानेले धन्यवाद समेत दिए । खोपको दोस्रो डोज पनि समयमै उपलब्ध गराउन पहल गर्ने उनले बताए ।
सबै सदस्य पत्रकारलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने नेपाल पत्रकार महासंघको ललितपुर पहिलो हो । खोप लगाएका पत्रकारहरुले शाखालाई शाखा तथा पहल गर्ने पदाधिकारीलाई धन्यवाद दिएका थिए ।