
काठमाडौँ । जनसमाजवादी मंच नेपालले बाढी पहिरो पीडितको उद्दार, राहत पुनस्र्थापनाको माग गरेको छ । मंचका संयोजक कृष्णप्रसाद धमाला ‘गम्भीर’ले शनिबार एक विज्ञप्ति जारी गरेर बाढी–पहिरो पीडितको रााहत र राहतमा जुट्न निर्देशन समेत दिएका छन्
संयोजक गम्भीरले सिन्धुपाल्चोक, मनाङलगायतका जिल्लामा बाढी पहिरोका कारण ठूलो जनधनको क्षति पुगेको तर सरकाले त्यसमा तत्परता नदेखाएर कुर्सीको खेलमा लागेको आरोप समेत लगाएका छन् ।
त्यसैगरी राजनीतिक पार्टी, संघ संस्था, नागरिक समाज, संचार जगतलगायतलाई एकजुट भएर नागरिकको जिउधनको रक्षा गर्न आह्वान समेत गरेका छन् ।
यस्तो छ विज्ञप्ति
यसबर्षको मनसुनी बर्षाको थालनी भएसँगै नेपालको मेलम्ची, सिन्धुपाल्चोक र मनाङलगायत देशका विभिन्न भागमा भिषण बर्षा भई बाढी र पहिरोका कारण धनजनको क्षति भएको र निकट भविष्यमा पनि थप बर्षा हुने र धनजनको क्षति हुने मौसमविदहरुले भविश्यवाणी समेत गरेका छन् । मौसमविद्ले सरकारलाई तयारी अवस्थामा रहन अनुरोध भइसकेको अवस्थामा सरकार पूर्व तयारीमा लाग्न पर्नेमा कुर्ची जोगाउन र विदेशी प्रभूहरुका सामु लम्पसार पर्न उद्धत छ । केपी शर्मा ओली नेतृत्वको सरकार जनताको जिउधन रक्षामा निकम्बा सावित भइसकेको छ । हामी यति बेला सबै राजनैतिक पार्टीहरु, संघसंस्थाहरु, नागरिक समाज, सञ्चार जगत, बौद्धिक समुदाय सबैलाई एकजुट हुन र यस महाविपदाबाट नेपाली जनताको जिउधनको रक्षा गर्न आह्वान गर्दछौं ।
छद्म, नक्कली राष्ट्रवादको खोल ओढेको ओली सरकार निकम्वा र राष्ट्रहित विपरित भएको हुनाले समयमा नै यस सरकारलाई गलहत्याएर बिस्थापित गर्न र जनताको जिउधनको रक्षा र राष्ट्रघा’ती र जनघा’ती कदमका विरुद्ध एकजुट भएर फेरि एकपटक आवाज बुलन्द गर्न आह्वान गर्दछौं ।
यस महाविपतका पीडितको उद्दार, राहत र बासस्थानको व्यवस्था गर्न माग गर्दछौं । साथै, मंचका नेता कार्यकर्तालाई उद्दार र राहतमा जुट्न निर्देशन पनि दिइन्छ ।