आज :

भारतमा अक्टोबरसम्म कोरोनाको तेस्रो लहर

काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरबाट सबैभन्दा बढी प्रभावित भारतमा नयाँ लहर चल्न सक्ने बताइएको छ । भारतीय संचारमाध्यमहरका अनुसार भारतमा आउँदो अक्टोबरसम्ममा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ ।

दोस्रो लहरको सङ्क्रमण केही नियन्त्रणमा आएका बेला स्वास्थ्य विज्ञले फेरि तेस्रो लहरको जोखिम रहेको चेतावनी दिएका हुन् । तर, कोरोना विरुद्धको खोपका कारण तेस्रो लहरको असर केही कम पर्ने अनुमान गरिएको छ । तेस्रो लहरमा बालबालिका र १८ वर्षभन्दा कम उमेर समूहकालाई जोखिम धेरै हुने अनुसन्धानले देखाएको छ ।

बालबालिकालाई हुन सक्ने जोखिम रोक्ने तयारी भइरहेको भारत सरकारले जनाएको छ । भारतमा संक्रमितको संख्या दुई लाख भन्दा माथि पुगेको थियो भने ज्यान गुमाउनेको दैनिक तीन हजारसम्म पुगेको थियो ।

तर, भारतमा शुक्रबार ६० हजार ८ सय नयाँ सङ्क्रमित भेटिएका छन् भने यही अवधिमा कोरोनाका कारण १२ सय ६९ जनाको ज्यान गएको छ ।

नेपालमा पनि संक्रमण घट्दो अवस्थामा पुगेको छ । दैनिक ९ हजारसम्म पुगेको संक्रमण अहिले दुई हजारमा झरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबारसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

त्यसैगरी अहिले संक्रमितभन्दा निको हुने दर दोब्बर छ । शुक्रबार थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ ।

नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै शुक्रबारसम्म सक्रिय संक्रमितको संख्या घटेर ५९ हजार ६२४ पुगेको थियो । यसमध्ये ५५ ३७५ जना होमआइसोलेनमा, ४ हजार २४९ संस्थागत आइसोलेसनमा, ८७२ जना आईसीयू तथा २४६ जना भेन्टिलेटरमा रहेका छन् ।

शुक्रबार थप ४४ जनाको ज्यान गएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ६४१ पुगेको छ । कोरोनाको मृत्यु दर १.६ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal