आज :

निषेधाज्ञाले थला परेका जनतालाई २५ गतेसम्म कर तिर्न सरकारको उर्दी

काठमाडौं । निषेधाज्ञाले थला परेका जनतालाई सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेको छ । बुधबार आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै असार २५ गतेसम्म कर तिर्न आग्रह गरेको हो ।

विभागले बुधबार सार्वजनिक गरेको सूचनामा मूल्य अभिवृद्धि कर(भ्याट) २०७७ चैत्र र २०७८ बैशाख महिनाको मासिक तथा २०७७ चैत्र र २०७८ बैशाखको द्धिमासिकको कर २०७८ असार २५ गतेभित्र तिरिसक्नुपर्ने सूचनामा उल्लेख छ ।

त्यस्तै, आयकर, अन्तः शुल्क, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दूरसञ्चार दस्तुर पनि असार २५ गतेसम्म तिरिसक्नुपर्ने विभागद्धारा जारी सूचानामा उल्लेख गरिएको छ ।

मंगलवार मात्रै सर्वोच्च अदालतले सरकारका नाममा आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

हेर्नुहोस् सूचना तल दिइएको छः

 

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal