आज :

आज पनि वर्षाः ठाउँठाउँमा बाढी पहिरो, २७ जना अझै भेटिएनन्

काठमाडौँ । आजपनि देशभर मौसम बदली भएको छ । विहानैबाट धेरै भागमा वर्षा भइरहेको छ । तर, आज हिजोको भन्दा कम पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबारको बाढी र पहिरोले देशभर ठूलो जनधनको क्षति पुगेको छ ।

गृहमन्त्रालयका अनुसार ६ जनाको गएको पुष्टि भएको छ भने २७ जना भराइरहेका छन् । बाढी पहिरोबाट १३ जिल्ला बढी प्रभावित भएका छन् । सबैभन्दा सिन्धुपाल्चोकमा क्षति पुगेको छ । मन्त्रालयकाअनुसार सिन्धुपाल्चोक, मनाङ, लमजुङ, पाल्पा, स्याङ्जा, बाजुरा, गोरखा, अर्घाखाँची, प्युठान, कास्की, पर्वत, म्याग्दी र डोटी जिल्ला बाढी पहिरोबाट बढी प्रभावित भएका छन् । सबैभन्दा धेरै प्रभाव मनाङ र सिन्धुपाल्चोकमा परेको छ ।

बाढी पहिरोबाट विभिन्न जिल्लामा ८९ घरमा पूर्ण र २६ घरमा आंशिक रुपमा क्षति भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बाढीका कारण सिन्धुपाल्चोकमा दुई जना, कास्की, पाल्पा, बाजुरा र डोटीमा एकएक जना गरी जम्मा छ जनाको ज्यान गएको छ । त्यस्तै बाजुरा, गोरखा, प्युठान, अर्घाखाँचीमा एकएक जना, जाजरकोटमा सात जना र सिन्धुपाल्चोकमा १७ जना गरी जम्मा २७ जना बेपत्ता भएका छन् ।

यसैगरी सिन्धुपाल्चोकमा छ जना र स्याङ्जामा पहिरोमा परि एक जना, डोटीमा दुई जना र जुम्लामा दुई जना समेत गरेर जम्मा ११ जना घाइते भएका गृह मन्त्रालयले जनाएको छ । सिन्धुपाल्चोकमा ४६ र दाङमा चार जनालाई सकुशल उद्धार गरिएको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठकले बाढी पहिरोबाट बेपत्ताको खोजी, उद्धार र राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अझै केही दिन देशका धेरै ठाउँमा अविरल पानी पर्ने सम्भावना छ । बाढी, पहिरो र डुबानको जोखिम हुने नदी तटीय क्षेत्र, पहिरोको जोखिम भएको पहाडी बस्ती र तराईका डुबान सम्भावित बस्तीमा रहेका नागरिकलाई सतर्कता अपनाउन गृह मन्त्रालयले अनुरोध गरेको छ ।

बाढी पहिरोका कारण २४ वटा राजमार्ग अवरुद्ध भएका थिए । जसम्मध्ये तीनवटा दुईतर्फी खुलेका छन् । १४ वटा सडक एकतर्फी खुलाइएको र बाँकी सातवटा अझै अवरुद्ध रहेको सडक विभागले जनाएको छ ।

सडक विभागका अनुसार बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड बल्दे–अम्कोट र हड्डे खोला, डुम्रे–बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ छहरा तथा पाँचखाल–मेलम्ची सडक अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजारमा सडक अवरुद्ध छ । त्यस्तै, पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत बाग्लुङको बोक्सेमा, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको लिपिङ पुल, सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा सडक अवरुद्ध छ ।

राप्ती राजमार्ग अन्तर्गत सल्यानको शङ्खमूल, पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैँडाकोट र पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा ल्याइएको सडक विभागले जनाएको छ।

यस्तै सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको पिपलडाँडा, कर्णाली राजमार्गमा पर्ने दैलेखको बाङ्गेसिमल कालाखाला सडक खण्ड र कालाखाला सैन सडक खण्ड, खोड्पे चैनपुर सडकमा पर्ने बझाङको ढोल्यामोड र तमैल कचाली, सिद्धार्थ राजमार्गमा पर्ने पाल्पाको कालीमाटी सिसुवा, कालीकोटको बालीघाट धनाडा भिग्म, पाल्पाको तानसेन–रिडी–कोरला, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको ड्याम साइट, राप्ती राजमार्गमा पर्ने सल्यानको कपुरकोट, पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने पर्वतको सहस्रधारा, पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत नवलपुरको थुम्सी, झाङको खोड्पे चैनपुर सडक र मदनभण्डारी राजमार्ग अन्तर्गत गुल्मीको पानी ट्याङ्कीको सडक एकतर्फी खुलेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal