आज :

शिल्पी संघको सहयोगमा १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न, पत्रकार चन्दद्वारा वितरण

काठमाडाैं । कुवेतमा रहेका प्रवासी नेपालीहरुको संस्था शिल्पी संघ नेपाल- कुवेतले कोरोना महामारीका कारण जारी निषेधाज्ञामा समस्यामा परेका १६ अशक्तसहित १८ परिवारलाई खाद्यान्न उपलब्ध गराएको छ ।

शिल्पी संघले पठाएको करिब ५६ हजार बराबरको राहत सामग्री संचारकेन्द्र डटकम र लाइन्स क्लब अफ काठमाडाैंको संयुक्त टीमले मंगलबार भक्तपुरका बिभिन्न ठाँउमा रहेका १६ परिवारहरुलाई घरमै पुगेर हस्तान्तरण गरेको हो । संचारकेन्द्र डटकमकी कार्यकारी सम्पादक दिया चन्द नेतृत्वको टोलीले १५ बोरा चामल, २५ केजी दाल, २० लिटर तेल र १५ केजी नुन लगायतका सामाग्रीहरु पिडित परिवारको घरमै पुगेर हस्तान्तरण गरेको हो ।

त्यस्तै मंगलबार नै काठमाडाैंको सिनामंगलमा रहेका २ जना मजदुर परिवारलाई पनि ५० केजी चामल, ७ केजी दाल, ५ लिटर तेल तथा नुन लगायतका सामाग्री समेत हस्तान्तरण गरिएको छ । अन्य पिडित तथा अशक्त परिवारलाई बाकि राहत सामाग्री एक, दुई दिनमै वितरण गरिने सम्पादक चन्दले जानकारी दिइन।

शिल्पी संघ नेपाल-कुवेतका अध्यक्ष ईश्वर परियारले संकटको घडीमा २ छाक टार्न समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई आफुहरुले सक्दो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

‘यतिबेला कोरोनाका कारण जताततै लकडाउन र निषेधाज्ञा छ, दैनिक ज्यालादारी गरेर जिविकापर्जन गर्दै आउनुभएका मजदुरहरु ठुलो संकटमा हुनुहुन्छ, उहाँहरुलाई थोरै भए पनि सहयोग गरौ भनेर हामीले यो राहत सामाग्री पठाएका हौं’ संघका अध्यक्ष परियारले भने ।

त्यस्तै शिल्पी संघ नेपाल-कुवेतका प्रथम उपाध्यक्ष ज्ञान बहादुर गजमेरले पनि यस्तो समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई मानवियताको नाताले आफुहरुले सहयोग गर्न पाउँदा खुशी लागेको बताए ।

सन् २०१७ मा स्थापना भएको शिल्पी संघ नेपाल-कुवेतले बिगतदेखि नै यसप्रकारको सहयोग गर्दै आएको छ । मंगलबारको राहत वितरण कार्यक्रमको सहजीकरण लाइन्स क्लब अफ काठमाडाैंले गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal