आज :

एमबीबीएस सिट वितरणमा पनि कर्णालीमाथि विभेद, अरुलाई १०० सिट दिँदा कासलाई २० मात्रै

काठमाडौं । एमबीबीएस अध्यापन अनुमतिमा पनि कर्णालीमाथि विभेद गरिएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस कार्यक्रम अध्यापन सिट वितरणमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमाथि विभेद गरेको हो ।

भौतिक पूर्वाधारदेखि जनशक्तिको हिसावले सम्पन्न प्रतिष्ठानलाई आयोगले एमबीबीएस अध्यापनको लागि पहिलो पटक अनुमति दिएको हो । प्रतिस्ठानका पदाधिकारीले लामो समयदेखि माग गर्दा पनि बल्ल आयोगले अनुमति दिएको छ । तर, पहिलो पटक नै विभेद भएको छ ।

आयोगले एमबिबिएस, बिडिएस, बीएससी नर्सिङ लगायतका चिकित्सा शिक्षाको स्नातक तहका शैक्षिक कार्यक्रमका लागि ७६ वटा शिक्षण संस्थामा सिट निर्धारण गरेको हो । सबैभन्दा कम सिट कर्णालीलाई दिइएको छ ।

काठमाडौँसहित देशभर संचालिन त्रिवि र नीजि मेडिकल कलेजलाई सिट संख्या बढाएको छ भने जुम्लामा रहेको प्रतिस्ठानलाई २० जनालाई एमबीबीएस अध्यापन गराउन अनुमति दिएको छ ।

आयोगले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजले १०० सिट दिएको छ । संस्थानले यसअघि ७० सिटमाम एमबीबीएस अध्यापन गराउँदै आएको थियो ।

चिकित्सा शिक्षा आयोगको शुक्रबार बसेको बैठकले एबीबीएसका साथै बिडिएसलगायतका चिकित्सा शास्त्रका शैक्षिक कार्यक्रमको सिट तोकेको छ । एमबीबीएसतर्फ १ हजार ८३५ सिट तथा बीडीएसतर्फ ५५५ सिटमा विभिन्न मेडिकल कलेजलाई छुट्याएको छ ।

एमबीबीएस पढाउनका लागि अधिकांश मेडिकल कलेजहरुले सय सिट पाएका छन् । जसमध्ये बिराट मेडिकल कलेज, नोबेल मेडिकल कलेज, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेशनल मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेस, चितवन मेडिकल कलेज, नेपाल मेडिकल कलेज, महाराजगञ्ज मेडिकल क्याम्पस, नेपाल आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्स, केयू स्कुल अफ मेडिकल कलेज, किष्ट मेडिकल कलेज, मणिपाल मेडिकल साइन्सेज, गण्डकी मेडिकल कलेज, नेपालगण्ज मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनिसर्ल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेज रहेका छन् ।

केन्द्रीय सरकारले कर्णालीलाई विदेभ गरिरहेको आरोप लाग्दै आएको छ । एमबीबीएस सिट बितरणमा कर्णालीबासीले त्यो आरोप लगाएका छन् ।

कोरोना संक्रमणलाई नियन्त्रण गर्न कासले महत्वपूर्ण भूमिका खेलेको छ । कोरोना संक्रमणका सम्भावित गाउँ र घरमा विशेषज्ञ चिकित्ससहितको टोली खटाएर संक्रमण फैलिनबाट रोक्न प्रतिस्ठान सफल भएको छ । सामान्य उपचार नपाएर मर्नुपर्ने बाध्यताबाट कर्णालीबासीलाई मुक्त गर्ने उद्देश्यका साथ प्रतिस्ठान अगाडि बढिरहेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal