
काठमाडौँ । नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बढिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल पछिल्लो पटक ५ हजार १४७ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् ।
त्यसैगरी पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अब हाल देशभर ६५ हजार ८०४ सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी ५३ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ ।