आज :

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप, पसल ११ बजेसम्म खुल्ने, पुस्तक पसल पनि खोल्न पाइने

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक हप्ता थप गरिएको छ । आइतबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक हप्ता थप गरेको हो ।

जोरविजोर प्रणाली लागु गरेर सवारी साधान संचालन गर्न दिने भनिएपनि कोरोना भाइरसको जोखिम घटिनसकेकोले अहिले केही खुकुलो मात्रै गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले असार ७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार थपिएको निषेधाज्ञामा खाद्यन्न तरकारी पसल विहान ११ बजेसम्म खुल्न पाइनेछ । अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुनेछन् ।

त्यसैगरी पुस्तक पसल पनि विहान ११ बजेसम्म खोल्न पाइने भएको छ । असार १ गतेबाट शैक्षिक सत्र सुरु हुने बेला भएकाले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरिएको छ ।

यसअघि बन्द रहेका हार्डवेयर पसल पनि खोल्न पाइने भएको छ । पराजुलीका अनुसार अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal