आज :

थप ६ हजार २९५ जनाले जिते कोरोना, ३ हजार ३८४ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३३८४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज जम्मा ८५०६ जनाको पीसीआर परीक्षण गर्दा २३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको छ ।

हालसम्म पीसीआर विधिबाट ६ लाख ६ हजार ७७८ जनामा संक्रमण पुष्टि भइसकेको छ भने एन्टिजेन विधिबाट १९ हजार ७५७ जनामा संक्रमण देखिएको छ । शनिबार देशभर ६ हजार २९५ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ३९१, ललितपुरमा १३० र भक्तपुरमा ७७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना जित्नेको संख्या ५ लाख २७ हजार १११ पुगेको छ ।

त्यसैगरी, कोरोनाबाट थप ६१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ हजार ३६६ पुगेको छ ।

पछिल्लो समय नयाँ संक्रमितभन्दा निको हुने दर बढी रहेको छ जसको कारण सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ । देशमा कोरोना संक्रमणबाट निको हुने दर ८६.९ प्रतिशत रहेको छ भने मृत्युदर १.६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal