आज :

नेतृ मनु लामालाई पितृ शोक

काठमाडौँ । माओवादी नेतृ मनु लामालाई पितृ शोक परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाकी जीवन साथी मनुका ६८ वर्षीय बुबा हर्कसिंह वाइबा तामाङको बुधबार निधन भएको हो ।

नुवाकोटको म्यागङ गाउँपालिका देउराली गोगने स्थायी घर भएका हर्कसिंह दमबाट पीडित रहेको परिवारले जनाएका छन् । उनले छोरीछोरालाई तत्कालिन नेकपा (माओवादी)को पूर्णकालिन कार्यकर्ता बनाएर जनयुद्धमा पठाएका थिए । हर्कसिंह माओवादी निकट किसान संगठनमा रहेर जिम्मवारी पूरा गरेको थिए ।

हर्क सिंहकै प्रेरणाबाट छोरी मनुलाई जनयुद्धमा पूर्णकालिन भएर विभिन्न जिम्मेवारी पूरा गर्दै आएकी थिइन् भने छोरा सोनाम वाइबा जनयुक्ति सेनामा भर्ती भएर विभिन्न मोर्चा समालेका थिए । पछिल्लो पटक हर्क सिंह वाइबा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको स्थानीय पार्टी कमिटीमा रहेर काम गरिरहेका थिए ।

उनका आजै अन्त्येष्टी गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal