आज :

कोरोना खोप सम्बन्धी जान्नैपर्ने २५ वटा जिज्ञासा र उत्तर

काठमाडौं । यस शताब्दिकै महा चुनौतिकोरुपमा खडा भएको कोभिड–१९ अथार्त कोरोना भइरस विरुद्धको खोप वैज्ञानिकहरुले एक वर्षपछि भएपनि सफलता हात परिसकेका छन् , जुन विश्वका मानिसहरुको निम्ति निकै नै खुसिको बिषय हो । यस संगै नेपालमा पनि विभिन्न देशहरुले उत्पादन गरेका विभिन्न नामका कोरोना भ्यक्सिनहरु आउन थालेका छन् । सुरुसुरुमा यस कोरोना खोपका विषयमा विभिन्न संका उपसंका विश्व आम जनसाधारणले गर्ने र यसलाई प्रयोग गर्नमा हिचकिचाहट पैदा भएको थियो ।

हुन त विश्व महा शक्तिकारुपमा रहेको अमेरिकामा अझै पनि यसबारे त्यस्तै नै धारणा अध्यावधी छ, तर सरकारले जति सक्यो आफ्ना नागरिकहरुलाई प्रयोग गर्न र विस्वस्त रहन आग्रह गरिरहेको छ । पछिल्लो समयमा उसले कोरोना खोप लगाउन करोडसम्मको चिट्ठाको व्यवस्था गरेर जनतालाई आकर्षित गरिरहेको छ । त्यसै गरि अर्को महा शक्ति राष्ट्र हाम्रो उत्तरी छीमेकी चीनले भने आफूलाई कोनाबाट सुरक्षित राख्न सक्षम र खोप पूर्ण सुरक्षित भएको उदाहरणकारुपमा आफूलाई स्थापित गरेको छ । पछिल्लो समायमा विश्वका आम जनसाधारणहरुपनि एकपछि अर्को गर्दै खोपप्रति पूर्ण विश्वा बढ्दै जाने क्रम जारी छ । यसै सन्दर्भमा खोप बारे हामीले जान्ने पर्ने केही महत्वपूर्ण जिज्ञासा र तिनका उत्तर पनि यस प्रकार पस्केकाछौं ।

यो खोपले कोरोना भाइरस रोग लाग्नबाट हामीलाई बचाउँछ । खोप लगाइसकेपछि यो रोग लागिहालेमा पनि गम्भीर बिरामी हुनबाट बचाउँछ । साथै, यो खोप लगाएपछि, तपाईंबाट अरुलाई कोरोना भाइरसको संक्रमण हुनबाट जोगाउँछ । नेपालमा कोरोना भाइरस विरुद्धको यो खोप १८ वर्ष माथिका सबै उमेर समूहलाई सिफारिश गरिएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, कोरोना भाइरसको संक्रमण भएर निको भएकालाई पनि फेरी यो संक्रमण हुन सक्ने हुनाले खोप लगाउनुपर्छ । संक्रमण निको भएपछि बन्ने एन्टिबडी शरीरमा कति लामो समयसम्म रहन्छ भन्ने यकिन/थाहा नभएकोले पनि सबैले खोप लगाउनुपर्छ । यो खोप कुन उमेर समूहलाई दिइन्छ ?

नेपाल सरकारले तोकेको प्राथमिकताको आधारमा चरणबद्ध रुपमा यो खोप १८ वर्षभन्दा माथिका सबैलाई तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रबाट निशुल्क दिइन्छ ।

के यो खोप लिएपछि फेरी कोरोना भाइरसको संक्रमण हुन्छ ?

हुन सक्छ । यो खोप लिएपछि पनि केहि व्यक्तिहरुमा कोरोना संक्रमण हुन सक्छ । तर खोप लिएपछि कोरोना संक्रमण भएतापनि यसबाट गम्भीर बिरामी पर्ने सम्भावना निकै कम हुन्छ । त्यसैले खोप लिएपछि पनि भिडभाडमा नजाने, मास्कको अनिवार्य प्रयोग, अर्को व्यक्तिसँग २ मिटर दुरी कायम गर्ने तथा बेलाबेलामा साबुन पानीले हात धुनेजस्ता स्वास्थ्य सुरक्षाका मापदण्डहरूको पालनालाई निरन्तरता दिनुपर्छ ।

यो खोप कहाँ लगाउन पाईन्छ ?

यो खोप तोकिएका सरकारी स्वास्थ्य संस्था वा खोप केन्द्रहरूबाट निशुल्क दिइन्छ ।
यो खोप कसले लगाउनु हुँदैन ?

यो खोपको पहिलो मात्रा लिएपछि गम्भिर एलर्जी (एनाफाइलेक्सिस् प्रतिक्रिया) भएको व्यक्तिहरूले

यसभन्दा अघि अरु कुनै खोप वा औषधिसँग गम्भिर एलर्जी (एनाफाइलेक्सिस्) प्रतिक्रिया भएको गर्भवती महिलाहरूलाई यसका साथै १८ वर्ष मुनिका बालबालिकामा यो खोपको अनुसन्धान भइरहेकोले हाललाई यो समूहलाई खोप सिफारिश गरिएका छैन ।
कुन कुन स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिन हुन्छ?

दीर्घरोग जस्तै– मुटु, मस्तिष्क, फोक्सो सम्बन्धी रोग, मृगौला रोग, मधुमेह (सुगर) शिकलसेल एनिमिया र क्यान्सर रोग भएका
रोग प्रतिरक्षा कमी भएका वा रोग प्रतिरक्षा कमि गर्ने औषधि सेवनकर्ताहरू

एच.आई.भि. भएका यस्ता स्वास्थ्य समस्या भएकाहरूले यो खोप लिनु झनै आवश्यक छ । कोरोना भाइरसको संक्रमण भएमा यस्ता स्वास्थ्य समस्या भएकाहरू बिरामी हुने सम्भावना बढी भएकाले पनि उनीहरुले यो खोप लिन जरुरी छ ।

 यो खोप कत्तिको सुरक्षित छ ?

सुरक्षित छ । यो खोप विश्व प्रसिद्ध अक्सफोर्ड विश्वविद्मालय र एस्ट्राजेनिकाले बृहत् वैज्ञानिक अनुसन्धानबाट विकास गरिएको हो । विश्व स्वास्थ्य संगठनले यो खोप आकस्मिक प्रयोगको लागि सिफरिस गरिसकेको छ ।
यो खोपको कति मात्रा लगाउनुपर्छ ?यो खोपको दुई मात्रा लगाउनुपर्छ । पहिलो मात्रा लगाएको ८ हप्ता पूरा भएपछि १२ हप्ता भित्र दोस्रो मात्रा लगाउनु पर्दछ । यो खोप लगाएपछि के के असरहरू देखिन सक्छन् ? कोभिड–१९ खोप लगाएका केही मानिसहरूमा अन्य खोपहरू लगाउँदा जस्तै सामान्य असरहरू देखिन सक्छन् । यसका सामान्य असरहरूमा खोप लगाएको ठाउँमा सुन्निने, दुख्ने वा रातो हुनसक्ने, टाउको दुख्ने, ज्वरो आउने, जिउ दुख्ने, थकान वा आलस्य महशुस हुने, वाकवाकी लाग्ने, मांशपेशी वा जोर्नी दुख्ने, वान्ता आउने, आदि रहेका छन् । यस्ता सामान्य असरहरू विस्तारै ठिक भएर जान्छन् ।

के यो खोपको पहिलो मात्रा लगाएपछि नै हामी सुरक्षित हुन्छौं ? यो खोपले कति समयसम्म सुरक्षा प्रदान गर्छ ?

खोपको कारणले वृद्धि भएकोे प्रतिरोधात्मक क्षमता कति समयसम्म रहन्छ भन्ने अझैपनि यकिन भएको छैन ।
के यो खोप अभियानले नियमित खोप सेवालाई कुनै प्रभाव पार्छ? पार्दैन । यो खोप लगाउने समयमा पनि बालबालिका र गर्भवती महिलाहरूलाई दिइने खोप सेवा नियमित चलिरहन्छ ।

खोप सेवाका बारेमा थप जानकारी कहाँबाट पाउन सकिन्छ ?

आफ्नो क्षेत्रमा रहेका स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका वा आमसञ्चारका माध्यमहरू मार्फत कोरोना भाइरस रोग विरुद्धको खोप कहाँ, कहिले, कसरी र कसले पाउन सकिन्छ भन्ने जानकारी पाइन्छ । यदि तपाईं खोप पाउने प्राथमिकिकरणमा पर्नु भएको छ भने, समूह अनुसारको सूचिमा आफ्नो नाम भए नभएको स्वास्थ्य संस्था वा नगरपालिका वा गाउँपालिकामा गई यकिन गर्नुहोस् ।

के खोप लगाएपछि पनि जनस्वास्थ्यका मापदण्डहरु नियमित रुपले पालना गर्नु पर्छ ?

कोरोना खोप लगाएपछि स्वास्थ्य सुरक्षाका अभ्यासहरूः दुरी कायम गर्ने, मास्कको अनिवार्य प्रयोग गर्ने र बेलाबेलामा साबुन पानीले मिचिमिचि हात धुने व्यवहारहरूको नियमित पालना गर्नैपर्छ । १९ खोपका बारेमा कुनै पनि जानकारीका लागि १११५ वा ११३३ मा सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal