
काठमाडौं । नेपालमा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या दोब्बर बढी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप ६ हजार ६३६ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् ।
जबकी यही समयमा ३ हजार ४७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गराएका १० हजार ४७१ नमूनाको पीसीआर परीक्षणबाट ३ हजार २४ जना र ३ हजार २६२ एन्टिजेन परीक्षणबाट ४५५ गरी ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी आज देशका विभिन्न अस्पताल र आइसोलेसन सेन्टरमा उपचार गराइरहेका ९९ जना संक्रमितको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबारसम्म देशभर ८९ हजार २१७ जना कोरोनाका सक्रिय संक्रमित छन् भने क्वारेन्टाइनमा ७३१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज काठमाडौं उपत्यकामा १ हजार १३१ जना कोरानाका बिरामी थपिएका छन् । गत एकसाताको विवरण हेर्दा हरेक दिन संक्रमित हुनेभन्दा डिस्चार्ज हुनेको संख्या बढ्दै गएको मन्त्रालयले जनाएको छ ।
केही दिनेदेखि संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ । यो संख्या परीक्षण घटाइएका कारण देखिएको बताइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गराउनेको संख्या आएकोले परीक्षण कम भएको बताएको छ ।
परीक्षण अनिवार्य नगरिएको र बिरामी कम भएको र संक्रमण आशंका कम भएकै कारण परीक्षण गराउन आउनेको संख्या घटेको मन्त्रालयले जनाएको छ ।