आज :

वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन, निष्पक्ष फैसला हुने अपेक्षा, को–को परे ?

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि सुनुवाईको लागि संवैधानिक इजलास पुनर्गठन भएको छ । यसअघि गठन गरिएको इजलास विवादमा परेपछि पुनर्गठन गरिएको हो ।

प्रधानमन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो नेतृत्वमा वरिष्ठताका आधारमा इजलास गठन गरेका छन् । आजको इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई तोकिएको छ ।

प्रधानन्यायाधीश जबरापछि वरिष्ठताको क्रममा चौथो नम्बरमा रहेका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ परिवारमा कोरोना संक्रमण देखिएको भन्दै संवैधानिक इजलासमा राखिएको छैन ।

त्यस्तै, यसअघि गत पुस ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेपछि इजलास छाडेका थिए । यो पटक पनि कार्की इजलासमा परेका छैनन् । कार्की महान्यायाधिवक्ता भएका कारण प्रधानमन्त्री विपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुनव्यावासायीले प्रश्न उठाएका थिए ।

आजको इजलासमा कार्की, खतिवडा र श्रेष्ठ नपरेपछि भट्टराई संवैधानिक इजालसमा परेका हुन् । यसअघिको इजलासमा पनि भट्टराई थिए ।
यही रिटमाथिको सुनुवाईको लागि गठन गरिएको इजलास विवादमा परेपछि १८ जेठमा प्रधानन्यायाधीश जबरा र सर्वोच्च अदालत बार एशोसिएसनका पदाधिकारीबीच भएको छलफलमा वरिष्ठताका आधारमा बेञ्च गठन गर्ने व्यवस्था गर्न सहमति भएको थियो ।

जेठ ७ गते मध्यरातमा भएको प्रतिनिधि सभा विघटन विरुद्ध संवैधानिक इजलासमा ३० थान रिट निवेदन रहेका छन्। विपक्षी गठबन्धनका तर्फवाट १४६ सांसदले आफै उपस्थित हुँदै रिट दायर गरेका छन्। वरिष्ठताका आधारमा इजलास गठन गरिएपछि निष्पक्षरुपमा फैसला हुने रिट निवेदकहरुले अपेक्षा गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal