आज :

संक्रमितभन्दा आज ३ हजार बढीले कोरोना जिते, ६८ जनाको ज्यान गयो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको संख्या बढिरहेका छन् । स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर संक्रमितभन्दा निको हुनेको संख्या ३ हजार बढी पुगेको छ ।

स्वास्थ्या तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार ४२ जना कोरोना संक्रमित भएका छन् । मन्त्रालयका अनुसार ११ हजार ४७१ नमुनाको पीसीआर परीक्षण गर्दा ३ हजार ५४० र ५ हजार ३४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ९८ हजार २०४ पुगेको छ । जसमध्ये ४ लाख ८४ हजार ३७३ जना निको भएका छन् भने ९२ हजार ९२८ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार २४३ जनाले कोरोना जितेका छन् । मन्त्रालयका अनुसार हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये ८६ हजार २६८ जना होम आइसोलेसनमा रहेका छन् ।

यस्तै संस्थागत आइसोलेसनमा रहेका ६ हजार ६६० जना संक्रमितमध्ये १ हजार ४५१ जनाको आईसीयूमा र ३८४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी कोरोना भाइरस संक्रमणबाट थप ६८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पनि संक्रमित घटेका छन् । आज काठमाडौँ उपत्यकामा ९२३ जना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal