आज :

आज अहिलेसम्मकै धेरै ८ हजार ६६३ जनाले कोरोना जिते, १०१ जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा एकै दिन अहिलेसम्मकै धेरै ८ हजार भन्दा बढीले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जनाले कोरोना संक्रमणमुक्त भएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप ६ हजार ६५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार ८१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६२४ जना र एन्टिजेन विधिबाट २ हजार २९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबारसम्म नेपालमा संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ९७ हजार ६९९ रहेको छ । सक्रिय संक्रमितमध्ये ९० हजार ८९२ जना होम आइसोलेसनमा, ६ हजार ८०९ जना संस्थागत आइसोलेसनमा। १ हजार ४२२ जना आईसीयू तथा ४०४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

आजसम्म नेपालमा ४ लाख ७६ हजार १३० जनाले कोरोनालाई पराजित गरेर सामान्य जीवनमा फर्किएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।

त्यसैगरी आज थप १०१ कोरोना संक्रमितले उपचारको क्रममा ज्यान गुमाएका छन् । योसँगै नेपालमा ७ हजार ७३१ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal