
काठमाडौँ । सर्वोच्च अदालतमो पूर्ण बैठक बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आज पूर्ण बैठक बोलाएका हुन् । प्रतिनिधिसभा विघटनको मुद्धामा परेका रिटमाथि सुनुवाई गर्न गठन भएको संवैधानिक इजलास विघटन भएपछि सर्वोच्चको पूर्ण बैठक बस्न लागेको छ ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालका अनुसार आजको बैठकमा २० न्यायाधीश सहभागी हुनेछन् । कोभिडबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने कुरा मुख्य एजेण्डा भएको बताइएको छ । तर, आज संवैधानिक इजलासको एजेण्डाले प्राथमिकता पाउने बताइएको छ ।
बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बताइएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।
संवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ । अहिले प्रधानन्यायाधीशले मन परेको न्यायाधीशलाई छानेर संवैधानिक इजलास गठन गर्न पाउने व्यवस्था छ । तर, त्यसले विवाद उत्पन्न भएपछि प्रधानन्यायाधीशले नियमावली संशोधन गर्न तयार भएका थिए ।
त्यसैगरी आजको बैठकमा कोरोनाका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका बताइएको छ ।