आज :

कालो ढुसी नेपालमा फैलिँदै, धनगढीमा १ जनाको ज्यान गयो, कसरी बच्ने ?

धनगढी । भारतबाट फैलिन थालेको ब्ल्याक फंगल (कालो ढुसी) नेपालमा पनि फैलिरहेको छ । कैलालीमा एक जनाको ज्यान गएको छ । वीरजंगसहित पूर्वी तराईमा आधा दर्जनको ज्यान गएको थियो ।

कालो ढुसी संक्रमणबाट धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जनाको ज्यान गएको छ । कैलालीको बर्दगोरिया नगरपालिका–६ का ६५ वर्षीय पुरुषको बिहान ७ बजे कालो ढुसी संक्रमणबाट ज्यान गएको अस्पतालले जनाएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार ती व्यक्ति जेठ १७ देखि अस्पतालको आईसीयूमा भर्ना भई उपचार गराइरहेका थिए । ब्ल्याक फंगसको लक्षण देखिएपछि उनलाई अस्पतालमै भर्ना गरेर उपचार थालिएको थियो । तर बचाउन सकिक्एन । उनको उपचामार अस्पतालका डा. शेरबहादुर कमर, डा. अशोक श्रीपाइली, निशान भट्टराई र ईएनटी चिकित्सकको टिम उनको उपचारमा संलग्न रहेको बताइएको छ ।

तर, उनको कोरोना पीसीआर परीक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएको थियो । कैलालीमा कालो ढुसीबाट पहिलो पटक ज्यान गुमाएका हुन् ।

कालो ढुसीले कोरोनाका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात्‌ एक प्रकारको कालो ढुसी हो । नेपालमा कालो ढुसीको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मत्रालयले पुष्टि गरिसकेको थियो । यो निकै घातक हुने गर्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले वीरगन्ज, नेपालगन्ज र काठमाडौँलगायत ठाउँका अस्पतालबाट कालो ढुसीको सङ्क्रमणका विवरणहरू आएको बताएका थिए ।

भारतमा ुब्ल्याक फङ्गसु अर्थात्‌ कालो ढुसीबाट हजारौँ मानिस सङ्क्रमित भएको विवरण सार्वजनिक भएका छन्। कोभिड बिरामीका आँखा बिगार्ने घातक केही दिनअघि उत्तर प्रदेशका एउटै बिरामीमा ब्ल्याक फङ्गस, ह्वाइट फङ्गस र येलो फङ्गसको विरल सङ्क्रमण देखिएको बीबीसी हिन्दीले जनाएको थियो।

कसरी बच्ने र संक्रमण भएपछि उपचारबारे विज्ञहरुले जानकारी गराएका छन्ः

रोगप्रतिरोधी क्षमतालाई कमजोर बनाउने स्टेरोइडको प्रयोगमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरूको सुझाव छ।

ूकोभिड भयो कि घरमै बसिरहेका बिरामीले आफूखुसी स्टेरोइडको प्रयोग गर्ने गरेको पाइएको छ। त्यस्तै मधुमेहका रोगी, दमका बिरामी, मिर्गौला रोगी आदिले चनाखो हुनुपर्ने चिकित्सक बताउँछन्। विज्ञहरुले नियमित परीक्षण गाराउन र स्टेरोइडको प्रयोगको सीमिततालाई बुझ्नु सुझाव दिएका छन् ।
कालो ढुसीबाट सङ्क्रमितको उपचारमा ‘एम्फोटेरिसिन बी’ औषधिको प्रयोग गरिन्छ। जुन कालाजारमा त्यसको प्रयोग गरिन्छ । कालो ढुसीको शंका लाग्नेवित्तिकै सम्पर्क गर्न चिकित्सकहरु सुझाव दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal