आज :

संक्रमणदर घटेपनि मृत्युदर घटेन, थप ५ हजार ३१६ संक्रमित, १०१ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसको संक्रमण घटेको छ । हुन त परीक्षणदर घटाइएको संक्रमितको संख्या घटेको विज्ञहरुले बताएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । जसमा पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १३ हजार ८०५ पीसीआर र ३ हजार ७३ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

त्यसैगरी आज थप ७ हजार २१९ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका छन् । नेपालमा निको हुने दर ८० दशमलव ८ प्रतिशत पुगेको छ ।

निको हुने दरको तुलनामा नेपालमा मृत्युदर भने कम भएको छैन । केही ६० मा झरेको मृत्युदर आज फेरि बढेको छ । आज थप १०१ जनाको कोरोनाबाट निधन भएको छ ।

त्यस्तै आजसम्म देशभर १ लाख १ हजार ९९३ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये ८३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौँ उपत्यकामा केही दिन संक्रमित घटेका छन् । आज तीनै जिल्लाका गरी थप १४ सय ५६ जनामा कोरोना संक्रमित थपिएका छन् । जसमा काठमाडौं ९६९ भक्तपुर १८१ र ललितपुरमा ३०६ जनामा संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यो हप्ताको भन्दा केही खुकुलो बनाइएको छ । थप गरिएको निषेधाज्ञामा किराना पसल विहान ९ बजेसम्म खोल्न पाइने भएको छ । यसअघि एक हप्ता थप गरिएको निषेधाज्ञामा पसल समेत खोल्न दिइएको थिएन । त्यस्तै, ढुवानीको गाडीलाई राति मात्रै चल्न दिने तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले आज निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal