काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गरेको छ । बुधबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १० दिन थप गरेको हो ।
थप गरिएको निषेधाज्ञा २१ गतेदेखि लागु हुने गरी जेठ ३१ गतेसम्म थप गरिएको छ । यसअघि २१ गतेसम्म निषेधाज्ञा थप गरिएको थियो ।
बैशाख १६ गतेदेखि सुरु भएको निषेधाज्ञा थप गर्दै जेठ ३१ गतेसम्म पु¥याइएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु पनि बन्द गरिएको थियो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार थप गरिएको निषेधाज्ञामा किराना पसल खोल्न पाइने भएको छ ।
विहान ९ बजेसम्म किराना पसल खोल्ने दिने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने निर्णय गरिएको छ ।