आज :

नेपालमा भेटियो नयाँ कोरोना, नाम ‘डेल्टा’

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको छ । कोरोना भाइरस संक्रमण फैलिएका देशहरुमा एकपछि अर्को नयाँनयाँ भेरियन्ट भेटिएका छन् । यसैबीच नेपालमा पनि नयाँ भेरियन्ट संक्रमण भइरहेको पुष्टि भएको छ ।

नेपालमा भेटिएको नयाँ भेरियन्ट भारतमा संक्रमण फैलिएको भेरियन्ट भएको पुष्टि भएको हो । भारतमा फेला परेका (B=1=617=2) भेरियन्ट नेपालमा संक्रमण भइरहेको पुष्टि भएको छ । यसको नाम भारतमा डेल्टा राखिएको छ । त्यस्तै, भारतमा अर्को भेरियन्ट ((B=1=617=1) भेटिएको छ । यसको नाम ‘कप्पा’ नाम दिइएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार भारतमा भेटिएको भेरियन्ट नै नेपालमा फेला परेको हो । यसको नयाँ नाम राखेर डेल्टा र कप्पा भन्नुपर्ने विज्ञहरुले बताएका छन् । यो ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ । विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (द्य.ज्ञ.टज्ञठ.द्द) लाई ‘डेल्टा’ नाम दिएको छ ।

बीबीसीका अनुसार कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको छ । यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ती नै जनाएको थियो । भारतको सन्चार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सन्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।

त्यस्तै भियतनाममा कोरोना भाइरसको नयाँ भेरियन्ट पत्ता लागेको छ । अत्याधिक धेरै संक्रमण फैलाउने यो भेरियन्ट ‘अति घातक’ भएको अधिकारीहरुले बताएका थिए । यो भाइरस भारतमा भेटिएको र बेलायतमा भेटिएको भेरियन्टको म्युटेशनबाट बनेको नयाँ ‘हाइब्रिड’ भएको जनाइएको छ । अधिकारीहरुका अनुसार यो भेरियन्ट हावाको माध्यमबाट पनि तीव्र गतिमा फैलिने छ । भियतनामका स्वास्थ्य मन्त्री गुयन थान लङ्गले शनिबार नयाँ म्युटेशन निकै खतरनाक रहेको बताएका छन् ।

यसैबीच नेपालमा सोमबारसम्म कोरोना संक्रमणभन्दा निको हुने दर बढी थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४ हजार ७६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका थिए । कुल १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जना र २४२५ एन्टिजेन परीक्षणमा ५८४ जना गरी ४ हजार ७६२ जनामा संक्रमण पुष्टि भएको थियो । सोमबारसम्म नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ लाख ६१ हजार ३०२ पुगेको थियो ।

त्यसैगरी सोमबार थप ६ हजार ४९१ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्किएका थिए । सोमबारसम्म कोरोना जित्नेको संख्या ४ लाख ४७ हजार ४४६ पुगेको थियो । सोमबारसम्म १ लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका थिए । सोमबार थप ११४ जनाको ज्यान गएको थियो । योसँगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको थियो ।

सोमबार पनि सबैभन्दा काठमाडौँमा ८९० जनामा कोरोना संक्रमण भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं पछि मोरङ र ललितपुरमा २५२÷२५२ जना, धादिङमा २२०, कैलालीमा १९५, झापामा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal