काठमाडौँ । नेपालमा कोरोना संक्रमित भन्दा निको हुनेको संख्या दिनदिनै बढिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार एकै दिन कोरोना जित्नेको संख्या ९ हजार नाघेर दश हजार नजिक पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ८४१ जनाले कोरोना संक्रमणमुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । योसँगै शुक्रबारसम्म ४ लाख २८ हजार ६७० जनाले कोरोना जितेका छन् । नेपालमा निको हुने दर ७८.१ प्रतिशत रहेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा देशमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।
आज ९६ जनाले उपचारको क्रममा ज्यान गुमाएका छन् । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १७९६, काभ्रे पलाञ्चोकमा ३९२, ललितपुरमा ३१५, सिन्धुपाल्चोकमा २५६,झापामा २२६, भक्तपुर २१३ र रुकुममा २११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
कास्कीमा १८९, ओखलढुंगा र सुनसरीमा १७०/१७० जना, रोल्पामा १२०,मोरङमा १६६,चितवनमा १५१, कैलालीमा १३९,महोत्तरीमा १३७,दाङमा १३०, मकवानपुर, बर्दियामा ११८/११८ जना, बाँकेमा १०९, स्याङ्जामा १०२ र दोलखामा १०१ जना संक्रमित थपिएका छन् ।
यस्तै धादिङमा ९८,धनुषामा ९७,नुवाकोटमा ८९, तनहुँमा ८३, सिन्धुलीमा ७२, पाल्पामा ६५, सुर्खेतमा ६१,डडेलधुरामा ५४,पर्वतमा ५१, गुल्मी र कञ्चनपुरमा ५०/५० जना कोरोना संक्रमित थपिएका छन् ।
रौतहटमा ४८, बैतडीमा ४६,बारा, सप्तरी, कपिलवस्तु, अछाममा ४३/४३ जना,धनकुटामा ४२,गोरखामा ४०,नवलपरासी पुर्वमा ३९, उदयपुरमा ३८, सिरहामा ३४ तथा सर्लाही र डोटीमा ३०/३० जना संक्रमित थपिएका छन् ।
यस्तै संखुवासभामा २९,पर्सामा २८, नवलपरासी पश्चिममा २१, कालिकोटमा १९, रामेछापमा १७,म्याग्दी र अर्घाखाँचीमा १३/१३ जना, रसुवामा १२ तथा इलाम, लमजुङमा ११/ ११ जनामा कोरोना संक्रमण् देखिएका छन् ।
पाँचथरमा ९, प्युठान र रुकुम पश्चिममा ८/८ जना, सल्यानमा ५, बागलुङमा ६, भोजपुर र जुम्लामा ४/४ जना,खोटाङ, ताप्लेजुङ र दार्चुलामा ३/३ जना, रुकुम पुर्व, दैलेखमा २/२ जना तथा सोलुखुम्बु, मनाङ, जाजरकोट, हुम्ला,बझाङ र बाजुरामा १/१ जना थपिएको मन्त्रालयले जनाएको छ ।