आज :

खुशीको खबरः नेपालमा पहिलो पटक कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै

काठमाडौँ । नेपालमा कोरोना भाइरस संक्रमित भन्दा निको हुनेको संख्या बढी भएको छ । केही दिनदेखि संक्रमित र निको हुनेको संख्या लगभग बराबरीमा थियो । मंगलबार झण्डै दुई हजारले फरक पर्न गयो । तर, आज संक्रमितभन्दा निको हुनेको संख्या धेरै भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जनामा र ३२२ जनाको एन्टिजेन ३७ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यही अवधिमा थप ६ हजार ७१६ जनाले कोरोना जितेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपालमा पहिलो पटक एकै दिन संक्रमितभन्दा निको हुनेको संख्या बढी भएको हो । त्यस्तै, आज ज्यान गुमाउनेको संख्या पनि घटेको छ । बितेको २४ घण्टामा थप १४५ जनाले ज्यान गुमाएका छन् ।

निषेधाज्ञा पछि पनि कोरोना संक्रमण नघटेको काठमाडौँ उपत्यमा आज १ हजार ४९३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यसमध्ये काठमाडौँमा १ हजार १३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

उपत्यकामा कोरोना नियन्त्रणको लागि थप कडाई गर्ने तीनै जिल्लाका प्रमुख जिलला अधिकारीको बैठकले हिजै निर्णय गरेको छ । निषेधाज्ञा एक हप्ता थप्दै खाद्यान्न र किराना सपल समेत बन्द गर्ने गरी थप आदेश गरिएको छ । एक हप्तासम्म खाद्यान्न पसलहरु खोल्न प्रतिबन्ध लगाइएको छ ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal