आज :

काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाद्यान्न पसल नखुल्ने, आज र भोलि जोहो गर्ने समय

काठमाडौं । काठमाडौं उपत्यकाकामा शुक्रबारदेखि खाद्यान्न पसल बन्द हुने भएका छन् । मंगलबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले एक हप्ता खाद्यान्न पसल बन्द गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा पनि कोरोना संक्रमण कम नभएको भन्दै बैठकले काठमाडौं, ललितपुर र भक्तपुरमा २० गते राति १२ बजेसम्म निषेधाज्ञा थप गर्दै थप कडाई गर्ने निर्णय गरेको थियो । पर्सी शुक्रबारदेखि खाद्यान्न पसल बन्द हुने भएकोले आज र भोलि खाद्यान्नको जोहो गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।

थप गरिएको निषेधाज्ञामा यसअघि चल्न पाएका तरकारी, फलफुलगायतका अत्यावश्यक सेवामा पनि थप कडाई गरिएको छ । खाद्यान्न, किराना पसल र डिपार्टमेन्टल स्टोरहरु पूर्णरुपमा बन्द हुनेछन् भने तरकारी, फलफूल, मासु, डेरी, खानेपानी र ग्यास पसल भने राति ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न पाइने छ । यसअघि जारी गरिएको निषेधाज्ञामा जारी गरिएका गाडीका पास खारेज गरिएको छ । त्यस्तै, यसअघि चल्न पाएका विकास निर्माणसँग सम्बन्धित गाडी सञ्चालनमा पनि रोक लगाइएको छ । यस्तै, बिहान बेलुकाको घुमघाम (मर्निङ र इभिनिङ वाक) मा समेत रोक लगाइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार जारी गरेको आदेश उल्लंघन गरेमा कैद र जरिवाना समेत गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी यो अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, दर्शकसहितको खेलकुद सञ्चालन गर्न पाइने छैन । औषधि, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

अत्यावश्यक काममा निस्किँदा पनि दुई व्यक्तिबीच कम्तिमा दुई मिटरको दुरी कायम गर्नुपर्ने छ । अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, पटकपटक साबुन पानीले हात धुन र सेनिटाइजरको प्रयोग गर्नुपर्ने छ । सार्वजनिक एवं निजी गाडी पनि सञ्चालन गर्न पाइने छैन । अत्यावश्यक सामग्री बोकेका ढुवानीका गाडी, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने गाडी मात्रै सञ्चालन हुनेछ ।

अत्यावश्यक सेवा जस्तै एम्बुलेन्स खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दुध तथा दुग्धजन्य पदार्थ, सोको प्याकिङ, सामग्री कुखुराको दाना, चल्ला, मासुजन्य पदार्थ, इन्धन खाना पकाउने ग्याँस, दुरसञ्चार इन्टरनेट, क्वरेण्टीन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, सरसफाईमा प्रयोग हुने साबुन स्यानिटाइजर, कुरियर तथा डाँक सेवा प्रिन्ट तथा सरकारी छापाखानालगायतका गाडी भने ब्यानर राखेर राति ९ देखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइने छ ।

वाणिज्य बैंकको हकमा प्रधान कार्यालयसहित तीन शाखा कार्यालय र विकास बैंकको हकमा प्रधान कार्यालयसहित दुई शाखा कार्यालयलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिकट, पासपोर्ट, प्रवेशाज्ञा हुनेलाई सिधै विमानस्थल जाने गाडीको हकमा सहजीकरण गरिने छ । विवाह, ब्रतबन्ध होटल तथा पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमै यस्तो कार्य गर्दा ७ जनाभन्दा धेरै उपस्थित हुन नपाइने र एउटा मात्रै गाडीको प्रयोग गर्नुपर्ने आदेशमा भनिएको छ ।

नित्य पूजा बाहेकका धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ । मृत्यु संस्कारमा जान र आउनुपरेमा मृत्युदर्ता प्रमाणपत्र वा सम्बन्धित् वडाको सिफारिस, परिचयपत्र खुल्ने कागजातसहित प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने छ ।

बिरामी वा कुरुवाको हकमा भर्ना कार्ड वा रिपोर्टको आधारमा एक जना उपत्यकाभित्र जान पाइने तर अन्यत्र बिरामी भइ जानुपर्ने भएमा भर्ना कार्ड वा रिपोर्ट कार्ड, परिचयपत्र खुल्ने कागजातसहित निवेदन दिनुपर्ने छ । सुरक्षा गार्डले पोशाक र परिचयपत्रको आधारमा कार्यस्थलमा आवतजावत गर्न पाइने छ । औषधी तथा स्वास्थ्य सामग्रीसम्बन्धीका पसल जुनसुकै समयमा निर्वाध रूपमा सञ्चालन गर्न पाइने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal