
नेपालगंज । अछामको पञ्चदेव विनायक नगरपालिका–७ पुल्लेतोला स्थायी हाल टिकापुर बस्दै आएका डम्बर रावलकी छोरी श्रीषा रावल (सीता) लाई बचाउनको लागि आर्थिक सहयोगको लागि परिवारले अनुरोध गरेका छन् । टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत श्रीषा तीन हप्ता पहिलेबाट बिरामी भएकी थिइन् ।
टिकापुरमा प्राथमिक उपचारपछि डाक्टरले नेपालगंज रिफर गरेका थिए । अहिले नेपालगंजस्थित नर्सिङ होममा उपचार भइरहेको छ । श्रीषाका दाजु कृष्ण रावल ‘केशर’ रावलका अनुसार अहिलेसम्म होस खुलेको छैन । उपचार संलग्न डाक्टरका अनुसार श्रीषाको टाउकाको नसामा रगत जमेका कारण शरीर पनि चल्न सकेको छैन ।
दैनिक उपचार खर्च थपिँदै गएको र अझै लामो समयसम्म अस्पतालमै राख्नुपर्ने भएकोले आर्थिक अभाव उत्पन्न भएको छ । दाजु केशर रावलले निषेधाज्ञा तथा लकडाउनका कारण आर्थिक जुटाउन नसकेको र उपचार रोकिने अवस्था सिर्जना भएको बताए ।
बहिनीको उपचारको लागि सबैसँग आर्थिक सहयोगको लागि केशरले अनुरोध समेत गरेका छन् ।
“मेरो अपील–सर्वप्रथम विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट आफू र अरुलाई बचाउन सबैमा अनुरोध छ । .यतिखेर नै सबैसँग सहयोगको लागि अनुरोध पनि गर्दछु, जन्मथलो पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला घर भई हाल टिकापुर नगरपालिका वडा नं. १ बल्क नं. १३ बस्ने टिकापुर बहुमुखी क्याम्पसमा बीबीएस चौथो सेमेस्टरमा अध्ययनरत मेरो बहिनी श्रीषा रावल (सीता) लाई अकास्मत टाउको सम्बन्धी रोग लागेर नेपालगंजस्थित नर्सिङ होममा उपचाररत छिन् । २२ दिन भइसक्यो होस आएको छैन र शरीर पनि चलेको छैन । दिनमा कम्पतिमा पनि २० हजारको दरले खर्च भइरहेको छ । अझै लामो समयसम्म अस्पतालमै राख्नुपर्ने डाकटरले बताउनुभएको छ । निषेधाज्ञा तथा लकडाउनका कारण आर्थिक जुटाउन सकिएको छैन । आर्थिक अभावकै कारण बहिनीको उपचार रोकिने अवस्था सिर्जना भएको छ । सक्दो आर्थिक सहयोग गरी मेरो बहिनीलाई बचाउन शुभचिन्तक, अभिभावक तथा इष्टभित्र तथा सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीलाईमा अनुरोध गर्दछु” दाजु केशरले अपील गरेका छन् ।
आर्थिक सहयोग गर्न चाहनेहरुले श्रीषाका दाजु राजन रावलको लक्ष्मी बैंक लिमिटेड काठमाडौँमा रहेको खाता नं. ०५०२००२२३६४ जम्मा गर्न सक्नुहुनेछ । साथै, दाजु केशरलाई ९८४८५५३१७० मा सम्पर्क गर्न पनि सकिनेछ ।