आज :

विपक्षीहरुको बैठक बानेश्वरमा, बालुवाटारमा एमाले स्थायी समिति

काठमाडौँ । विपक्षी गठबन्धनका शिर्ष नेताहरुको बैठक बानेश्वार सुरु भएको छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र समूह र राष्ट्रिय जनमोर्चाका शिर्ष नेताहरु राष्ट्रपतिले संसद विघटन गरी घोषणा गरेको मध्यावधि निर्वाचनबारे छलफल गर्न बैठकमा जुटेका छन् ।

नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा सुरु भएको बैठकले प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिबाट चालिएको कदमको विषयमा आगामी रणनीति बनाइने नेताहरुले बताएका छन् ।

यसअघि नेपाली काँग्रेसको शनिबार विहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको बैठकले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको निष्कर्ष निकालेको छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपीलसमेत गरेको छ ।

संसद् विघटन र मध्यावधि निर्वाचन घोषणापछि राजनीतिका पार्टीले फरक फरक प्रतिक्रिया दिएका छन् । नेपाल मजदूर किसान पार्टी र राप्रपाले प्रधानमन्त्री र राष्ट्रपतिको कदमलाई समर्थन गरेका छन् भने अन्य राजनीतिक पार्टीले विरोध जनाएका छन् ।

नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेंले अराजतकलाई नियन्त्रण गर्न उपयुक्त विकल्प भनेका छन् ।

यसैबीच नेकपा (एमले)को स्थायी समिति बैठक बालुवाटारमा बोलाइएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । नेताहरुका अनुसार विकसित घटनाक्रमबारे छलफल र आगामी रणनीति तय गर्न बैठक बोलाइएको हो । ओलीले आफ्नो समूहको मात्रै स्थायी समिति बैठक बोलाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal