आज :

निको हुने दर बढ्दै, आज ८ हजार ६०७ संक्रमित हुँदा ७ हजार ८९० जनाले कोरोना जिते

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा ८ हजार ६०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार २२६ नमूनामध्ये ८ हजार ६०७ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज २२ हजार ३५३ जनाको पीसीआर विधिबाट र ८७३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४ हजार ८३६ पुगेको छ ।

आज संक्रमण दर घटेको र निको हुनेदर बढेको छ । मन्त्रालयका अनुसार शुक्रबार अहिलेसम्मकै धेरै ७ हजार ८९० जना कोरोनामुक्त भएका छन् । निको हुने भन्दा संक्रमित ७१७ जना मात्रै बढी छन् ।

यस्तै पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट १७७ जनाको ज्यान गएको छ । यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार २४ पुगेको छ । बिहीबार मात्र १९० जनाको कोरोना संक्रमितको ज्यान गएको जियो ।

हालसम्म १ लाख १६ जहार १९२ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ । जसमध्ये ९१२ जना क्वारेन्टाइमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal