आज :

प्रधानमन्त्रीको दाबी गर्छु, फेरि विश्वासको मत नपाए संसद विघटन गर्छुः ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पनि नयाँ सरकारको लागि दाबी प्रस्तुत गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै आफू संसदको सबै भन्दा ठूलो दलको नेता भएकोले नयाँ प्रधानमन्त्रीको लागि दाबी गर्ने जानकारी दिए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले आफूसँग अहिले पनि १२१ सांसद रहेको र राष्ट्रपतिले विश्वासको मत पाउने लागेर नियुक्त भएमा एक महिनासम्म सरकार चलाउने बताए । उनले एक महिनाभित्र पनि विश्वासको मत नपाए संसद् विघटन गरेर चुनावमा जाने बताए । तर, आफूले चुनावमा जान नचाहेको बताउँदै त्यसको लागि अन्य दलहरुलाई समर्थन गर्न आग्रह समेत गरे ।

पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय सरकार गठन लागि दलहरुलाई सहमतिमा आउन आह्वान गरेका छन् । बालुवाटारमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले अन्य दलहरूलाई वैकल्पिक सरकार बनाउन बाटो खुला गरेको भन्दै त्यो नभए राष्ट्रिय सहमतिको सरकार बनाउन सहयोग गर्न दलहरूलाई आग्रह गरेका छन् । ओलीले राष्ट्रिय सहमतिको सरकार आफ्नै नेतृत्वमा हुनुपर्ने आफ्नो दाबी रहेको बताए ।

प्रधानमन्त्रीले ओलीले पत्रकार सम्मेलनमा भने, “वैकल्पिक सरकार बनाउनुस् । मेरो दलले रचनात्मक सहयोग गर्छ । कि राष्ट्रिय सरकार बनाऔँ सबैको सहयोगमा कोभिड–१९ का विरुद्ध लडौँ ।” उनले वैकल्पिक सरकार बनेमा आफ्नो पार्टी प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्ने बताए ।

एमाले अध्यक्ष समेत रहेका ओलीले शुक्रबार विहान कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी वैकल्पिक सरकार बनाउन आग्रह गरेको जानकारी समेत दिए । त्यसैगरी आफूले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि फोन गरेको बताए । ओलीले पत्रकारको प्रश्नको उत्तर दिँदै आफ्नै पार्टीभित्रबाट असहयोग रहेको र विपक्षीहरु पनि चरित्रह.त्याको बाटोमा गएको भन्दै सरकार चलाउन नचाहेको बताए ।

आफ्नो पार्टीसँग १२१ को मतभार भएकोले आफूले पनि नयाँ प्रधानमन्त्रीको दाबी गर्ने बताए । प्रधानमन्त्रीले आफ्नो दाबी भरपर्दो लागेमा राष्ट्रपतिले नियुक्त गरे सरकार बनाउने बताए । राष्ट्रपतिले आफूलाई नियुक्त गरे एक महिना सरकार चलाउने र एक महिनाभित्र पनि विश्वासको मत नपाए संसद विघटनमा जाने बताए । त्यो अवस्थामा आफूलाई दोष दिन नपाउने भन्दै विपक्षीलाई समर्थन गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा नेता माधव कुमार नेपाल समूहमाथि प्रहार गरिरहेका थिए, त्यही बेला नेपाल समूहका नेताहरु सिंहदरबारमा बैठकमा जुटेका थिए । ओलीले नेपाल समूहलाई पार्टीविरुद्ध लागेको आरोप समेत लगाए । आफ्नै पार्टीको सरकार ढाल्न लागेको भन्दै आफूसँग खासमा ९३ जना सांसद मात्र रहेको बताए ।

यसैबीच जनता समाजवादी पार्टी दुई भागमा बाँडिएको छ । अध्यक्ष महन्थ ठाकुर समूह फेरि पनि सरकारको मामलामा तटस्थ बस्ने निर्णय गरेको छ । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र नेता बाबुराम भट्टराईले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव समेत ठाकुरले अस्वीकार गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal