
काठमाडौँ । कोरोना भाइरस संक्रमणबाट नेपाल पत्रकार महासंघ च्यान नेपाल शाखा अध्यक्ष शान्तिराम कार्कीको निधन भएको छ । कोरोना संक्रमण पुष्टि पछि उपचाररत कार्कीको आइतबार निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
अग्रपंक्तिमा रहेर कार्यक्षेतमा खटिरहेको पत्रकार संक्रमित हुने र ज्यान क्रम जारी छ । पत्रकार महासंघले स्वास्थ्य मापदण्डको पालना गर्दै सतर्क भएर कार्यक्षेत्रमा खटिन पनि आग्रह गरेको छ ।
यसैबीच महासंघले कोरोना महामारी नियन्त्रणमा गम्भीर बन्न सरकारसँग आग्रह गरेको छ । अध्यक्ष विपुल पोखरेलले राज्यको तर्फबाट प्रबन्ध गर्नुपर्ने अक्सिजन, अस्पतालमा बेड र उचित उपचार समेत उपलब्ध गराउन नसक्दा महामारीमा जोखिम मोलेर कार्यक्षेत्रमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार लगायत फ्रन्टलाइनरसहित ४ हजारभन्दा धेरैले ज्यान गुमाइसकेको प्रति दुःख व्यक्त गरे ।
राज्यको फितलो तयारीले गर्दा आम नागरिकले अक्सिजन र सहयोगी औषधिसमेत पाउन नसकी मृत्युवरण गर्नु परेको भन्दै नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशील बन्न महासंघले सरकारको ध्यानाकर्षण गरेको छ ।
शनिबार कोरोना भाइरसको संक्रमणबाट थप १८७ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान जानेको संख्या ४ हजार ८५६ पुगेको थियो । त्यसमा आइतबार विहानसम्म आउँदा थप भएको छ ।
शनिबार देशभर थप ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । कुल १७ हजार ९७१ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जना र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको थियो । शनिबारसम्म
नेपालमा कोरोना संक्रमितको कुल संख्या ४ लाख ४७ हजार ४ पुगेको छ । त्यस्तै, शनिबार थप ५ हजार ४५५ जनाले कोरोन जितेको थिए । योसँगै नेपालमा ३ लाख ३३ हजार १०८ जना निको जितेका छन् । शनिबारसम्म देशभर सक्रिय संक्रमित १ लाख ९ हजार ७४० जना रहेका छन् ।