आज :

आजबाट कोरोनाविरुद्धको चिनियाँ खोपको दोस्रो डोज लगाउन सुरु, कुनकुन जिल्ला र कहिलेसम्म लगाइन्छ ?

काठमाडौँ । आजबाट कोरोना भाइरसविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन सुरु गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि भिडभाग रोक्न भन्दै बन्द गरिएको खोप अभियान सरकारले आजबाट फेरि सुरु गरेको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार यो खोप काठमाडौं उपत्यकाका तीनवटा जिल्लासँगै काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवामा दोस्रो मात्राको खोप सञ्चालन हुनेछ । त्यस्तै, चैत २५ देखि बैशाख १५ गतेसम्म पहिलो मात्रा भेरोसेल खोप लगाएकाहरुलाई आजदेखि आउँदो ११ गतेसम्म दोस्रो खोप लगाइनेछ ।

पहिलो मात्रा लिएका १८ देखि ५९ वर्ष उमेरका व्यक्तिले आफूले पायक पर्ने ठाउँमा गएर दोस्रो मात्राको खोप लिन सक्ने खोप शाखाले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको छ । अहिलेसम्म ३२ लाख ४८ हजारले पहिलो मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्याम मन्त्रालयका सह–प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो । तर, भारतसँग खरिद गरिएको २० लाख डोज खोपमध्ये १० लाख मात्रै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal