आज :

कोरोना संक्रमणबाट थप २०३ जनाको ज्यान गयो, थप ६ हजार १३५ जनाले कोरोना जिते

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप २ सयभन्दा बढीको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ३ जना संक्रमितको ज्यान गएको छ ।

शुक्रबार थपिएसहित नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान जानेको संख्या ४ हजार ६६९ हजार पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा २० हजार ९९८ पीसीआर र ५३० एन्टिजेन परीक्षणमा ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइर संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ ।

नेपालमा अहिले १ लाख ७ हजार ३३६ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये ९८ हजार ८६९ जना होम आइसोलेसनमा र आठ हजार ४६७ जना संस्थागत आइसोलेसनमा छन् । त्यस्तै, एक हजार ३३४ जना आईसीयूमा र ३७१ जना भेन्टिलेटरमा छन् ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार नेपालको कोरोना जित्नेको संख्या पनि वृद्धि भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार १३५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर घर फर्किएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या तीन लाख २७ हजार ६५३ पुगेको छ ।

आज पनि सबैभन्दा धेरै काठमाडौँमा संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमडौमा २४५८, ललितपुरमा ५५६, रूपन्देहीमा ५५२, मोरङमा ४३४ र भक्तपुरमा ३३५ जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै सुर्खेतमा २८८, चितवनमा २८७, कास्कीमा २८४, कञ्चनपुरमा २२३, सुनसरीमा १९७, काभ्रेपलाञ्चोकमा १६८, मकवानपुरमा १५६, दाङमा १४४, धनुषामा १४१, पर्सामा १३८, गुल्मीमा ११७ र पाल्पामा १०८, कैलालीमा ९७, गोरखामा ९०, झापा र बाँकेमा ८७÷८७ जना, ताप्लेजुङमा ८१, सिन्धुली र अछाममा ७७÷७७ जना, नवलपरासी पूर्वमा ७४, धादिङमा ७३, नुवाकोट ६७,रौतहटमा ६५, बैतडीमा ६४, सिन्धुपाल्चोकमा ६२ र जाजरकोटमा ६१, सल्यानमा ५९, रोल्पामा ५७, पर्वतमा ५३, कपिलवस्तुमा ४७, म्याग्दीमा ४६, बारामा ४५, धनकुटामा ४३, रामेछाप र डडेल्धुरामा ४२÷४२ जना, महोत्तरीमा ३४, सप्तरी, स्याङ्जामा ३१, लमजुङमा ३० जना संक्रमित थपिएका छन् ।

त्यसैगरी सिरहामा २९, रूकुम पश्चिममा २७, अर्घाखाँचीमा २४ तथा सोलुखुम्बु र दोलखामा २१÷२१, बर्दियामा १९, सर्लाहीमा १६, कालिकोट १५, जुम्लामा १४,डोटीमा १३, तनुहँमा १२, उदयपुरमा ११, बागलुङमा १०, दैलेखमा ८, ओखलढुंगामा ७, तेह्रथुममा ८, रसुवा र नवलपरासीमा ५÷५ जना, खोटाङ र भोजपुर, संखुवासभामा ४÷४ जना, प्युठानमा ३, इलाम र पाँचथरमा २÷२ जना तथा रूकुम पूर्व र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal