आज :

कोरोनाबाट वर्ल्डलिंका निर्देशकसहित २१४ जनाको ज्यान गयो, थप ८ हजार ९६० जना संक्रमित

काठमाडौं । कोरोना भाइर संक्रमणबाट इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका निर्देशक विजय जलानसहित २१४ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचार गराइरहेका संक्रमितको उपचारको क्रममा निधन भएको हो ।

वर्ल्डलिंकका संचालक समेत रहेका जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका विहीबार विहान निधन भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो नेपाली सेनाले २१४ जनाको शवको व्यवस्थापन गरको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

अस्पतालहरुमा अक्सिजनको अभावका कारण उपचाररत संक्रमितको ज्यान गइरहेको छ । मंगलबार एकै दिन २२५ जना भने बुधबार १६८ जनाको निधन भएको थियो । हिजो आज मृत्युदर बढेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १९ हजार ४७४ पीसीआर र ७७१ एन्टिजेन परीक्षणमा ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म संक्रमितको संख्या चार लाख ३१ हजार १९१ जना पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १ लाख पाँच हजार २०७ पुगेको छ । तीमध्ये ९६ हजार ३७९ जना होम आइसोलेसनमा र आठ हजार ८२८ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोेलेसनमा रहेकामध्ये एक हजार ३८१ जना आईसीयूमा र ३८० जना भेन्टिलेटरमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाले कोरोना जितेर सामान्य जीवनमा फर्केका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज पनि सबैभन्दा धेरै काठमाडौंमा २७३३, रूपन्देहीमा ५११, ललितपुरमा ४८१, कैलालीमा ३७०, मोरङमा ३५८ र भक्तपुरमा ३४८, चितवनमा २९३, झापामा २५८, बाँकेमा २५२, कास्कीमा २३७, दाङमा २१७, धनुषामा २०४, कञ्चनपुरमा १८२, काभ्रेपलाञ्चोकमा १६०, सुर्खेतमा १५९, सल्यानमा १४३ र नवलपरासी पूर्वमा १२९ जना संक्रमित थपिएका छन् ।

यस्तै पर्सामा ९९, सप्तरी र गोरखामा ९२÷९२ जना, बैतडीमा ८९, महोत्तरीमा ८५, धादिङमा ७८, सिन्धुपाल्चोक ७४, रामेछापमा ६७, रौतहटमा ६६, रोल्पामा ६३, पाल्पामा ६२ र कपिलवस्तुमा ५३, अछाममा ४९, सिन्धुलीमा ४५, रूकुम पश्चिममा ४२, डडेल्धुरामा ३८, नवलपरासी पश्चिममा ३५, दैलेखमा ३४, नुवाकोट र तनहुँमा ३१÷३१ जना, अर्घाखाँचीमा २६, प्युठान र कालिकोटमा २४÷२४ तथा उदयपुर, सर्लाही र सिरहामा २३÷२३, स्याङ्जामा २२, बारामा २१, ताप्लेजुङमा १८, धनकुटामा १७, जुम्लामा १४, गुल्मी र डोटीमा १३÷१३ जना, रसुवा र लमजुङमा ११÷११ जना, भोजपुरमा १०, इलाम र बागलुङमा ८÷८ जना, मकवानपुरमा ६, जाजरकोटमा ५, दार्चुलामा ४, पर्वत र म्याग्दीमा ५÷५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

दोलखामा ७ र ओलखढुंगा, खोटाङ, पाँचथर,डोल्पा, हुम्ला र बझाङमा २÷२ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal