आज :

यी हुन् ओलीलाई मत नदिने एमालेका २८ सांसद (नामसहित)

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा एमालेकै २८ सांसदहरुले मत दिएनन् । नेता माधव कुमार नेपाल समूहका सांसदहरुले संसद बैठक बहिस्कार गर्दै प्रधानमन्त्री ओलीले संसदमा राखेको विश्वासको मतको प्रस्तावको पक्षमा मत हालेनन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार २७ जना सांसदहरु बैठकमा अनुपस्थित भए भने एक जना सहभागी भएर पनि मत दिएनन् । आज भएको मतदानमा जम्मा २३२ सांसदहरुले पक्ष र विपक्षमा मत हालेका थिए । जसमा ओलीले ९३ सांसदको मत पाए भने विपक्षमा १२४ सांसदले विपक्षमा मत हालेका थिए ।

नेपाल समूहका प्रत्यक्ष निर्वाचित सांसदहरुले मात्रै संसद बैठक बहिस्कार गर्ने भनिएपनि समानुपातिक सांसद पनि अनुपस्थित भए । त्यसैगरी तटस्थमा १५ सांसदको मत रहेको छ ।

थापाका अनुसार ओलीलाई मत नहाल्ने सांसदहरुमा १. योगेश भट्टराई २. झलनाथ खनाल (अस्पतालमा) ३. पवित्रा निरौला खरेल ४. भवानी खापुङ ५. जयकुमार राई ६ . यज्ञराज सुनुवार ७. गणेश पहाडी ८. विरोध खतिवडा ९. कृष्णलाल महर्जन १०. माधवकुमार नेपाल ११. जीवनराम श्रेष्ठ १२. नारायण खतिवडा १३. घनश्याम भुसाल १४. गोकर्ण विष्ट १५. सोमप्रसाद पाण्डे १६. मेटमणी चौधरी १७. झपट रावल १८. भीमवहादुर रावल १९. दिपकप्रकाश भट्ट २०. सुरेन्द्र पाण्डे २१. रामकुमारी झाँक्री २२. सरला यादव २३. पुष्पाकुमारी कर्ण २४ं कल्याणी खड्का
२५.निरादेवी जैरु २६. कलिला खान (उपस्थित भएर भोट नहालेकी) २७. लक्ष्मीकुमारी चौधरी र २८. मुकुन्द न्यौपाने रहेका छन् ।

ओलीले संसदमा विश्वासको मत नपाएसँगै .स्वतः पदमुक्त भएका छन् । ओली पदमुक्त भएलगत्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र समूहले बहुमतको सरकार गठनको लागि आह्वान गर्न राष्ट्रलाई आग्रह गरेका छन् । जसपाकै महन्थ ठाकुर, राजेन्द्र महतो समूहले तटस्थ बसेपनि यादवले भने संसद बैठकमै ओलीविरुद्ध मत हाल्न पार्टीका सांसदहरुलाई आग्रह गरेका थिए । उनले ओलीको विकल्पमा नयाँ सरकार दिनु पर्ने समेतब ताएका थिए ।

यदि नेपाल समूहले ओलीलाई मत दिएपनि एमालेका १२१ सांसदको मात्रै समर्थन हुने थियो । जसपामा उपेन्द्र यादव र बाबुराम भट्टराई हावी हुँदा ओली सरकार ढलेको हो । सुरुमा जसपाका अध्यक्ष महन्थ ठाकुरले ओलीलाई विश्वासको मत दिने आश्वासन दिएका थिए । नेपाल समूहले यति कडा कदम चाल्छ भन्ने ओलीलाई लागेको थिएन र जसपाका १५ सांसदले मात्रै मत दिँदा पनि विश्वासको मत पाउने अनुमान गरेर ओलीले गरेका थिए । माओवादी केन्द्रले समर्थन फिर्ता नलिएकै अवस्थामा ओलीले विश्वासको मत लिने गरेको निर्णय ब्यागफायर भएको छ ।

यसैबीच राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनको लागि आह्वान गर्ने तयारी गरेको बताइएको छ । ओली पदमुक्त भएपछि नयाँ सरकार गठनको पहिलो प्रक्रिया नै यही भएकोले भण्डारीले भोलिसम्म नयाँ सरकार गठनको लागि आह्वान गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal