आज :

प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्तावको दर्ता गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । सोमबार विहान बसेको संसदीय दलको बैठकले ओलीको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

त्यसैगरी माओवादी केन्द्रले संसद अधिवेशनलाई आजै अन्तय गर्न नहुने समेत बताएको छ । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलका अनुसार अधिवेशनलाई अविश्वासको प्रस्तावसम्म पु¥याउने निर्णय गरेको छ ।

प्रधानमन्त्री ओली स्पष्ट रुपमा अल्पमतमा परिसकेको हुनाले राजिनामा दिनु पर्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन् । संसद बैठकमा ओलीले राजिनामा नदिए आजै संसद सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भइरहेको छ ।

माओवादी केन्द्रले प्रधानमन्त्रीको ओलीको प्रस्तावको विपक्षमा मतदान गर्न सबैलाई आग्रह समेत गरेको छ । बैठकपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवर्ता समेत भएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत नपाएपनि संसद बैठक आजै अन्त्य गर्ने सरकारको तयारी छ । माधव कुमार नेपला समूहले बैठक बहिस्कार गर्ने निर्णय र जनता समाजवादी पार्टीले सांसदलाई स्वतन्त्र छोडेसँगै ओलीले विश्वासको मत नपाउनु निश्चित जस्तै भएको छ । तर, नेपाल समूह र ओली पक्षीय नेताहरुबीच अझै वार्ता जारी रहेकोले अन्तिममा सहभागी हुने सम्भावना पनि छ ।

एमालेको पूरै मत गएपनि अझैं १५ सांसद आवश्यक हुन्छ । जसपाका १५ सांसदले ओलीलाई मत हाले विश्वासको मत पुग्ने देखिन्छ । तर, त्यो सम्भावना निकै कम रहेको बताइन्छ ।

निर्धातिर समयभन्दा केही ढिला गरी सुरु भएको संसदको विशेष अधिवेशन सुरु भएको छ । सभामुख अग्नी सापकोटाले आफ्नो अनुपस्थितिमा सभामुखका कार्यभार समाल्ने सांसदहरुको नाम पढेर सुनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई विश्वासको मत छ भन्ने पुष्टि गर्न संसद सचिवालयमा सूचना पेस गरेको जानकारी समेत सापकोटाले गराएका छन् ।

सभामुख सापकोटाले संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको जानकारी गराएका छन् ।

  • फाइल फोटो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal