
काठमाडौँ । संसदको विशेष अधिवेशन सुरु भएको छ । निर्धारित समय भन्दा केही ढिला गरी सुरु भएको बैठक अहिले स्थगित भएको छ ।
सभामुख अग्नी सापकोटाले आफ्नो अनुपस्थितिमा सभामुखका कार्यभार समाल्ने सांसदहरुको नाम पढेर सुनाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफूलाई विश्वासको मत छ भन्ने पुष्टि गर्न संसद सचिवालयमा सूचना पेस गरेको जानकारी समेत सापकोटाले गराएका छन् ।
सभामुख सापकोटाले संसद बैठक १५ मिनेटको लागि स्थगित गरिएको जानकारी गराएका छन् ।
माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएसँगै बहुमतको नयाँ सरकार गठनको सम्भावना तत्काललाई टरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको अधिवेशन सोमबार बोलाइएको छ । विश्वासको मतका लागि प्रतिनिधिसभाका १३६ सांसदको समर्थन चाहिन्छ ।