आज :

ह्वीप लगाउँदै एमाले सांसदलाई ओलीले भने – सामुहिक राजिनामा सहभागी नहुनुस्

काठमाडौं । नेकपा (एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामूहिक राजीनामा अप राध भएको भन्दै त्यसमा सरिक नहुन पार्टीका सांसदहरुलाई अपील गरेका छन् । ओलीले आइतबार विज्ञप्ति जारी गरेर फ्लोर क्रस गर्ने, अविश्वास प्रस्ताव राख्ने, सामूहिक राजीनामा गर्ने जस्ता हानिकारक प्रयास भएको समेत बताए ।

इतिहासले माफी गर्ला ? भन्ने प्रश्न गर्दै ओलीले लामो संघर्षबाट एमाले पार्टी बनेको भन्दै यस्ता कार्यबाट जनतालाई जवाफ के दिन्छौं ? भन्दै सोच्न आग्रह गरेका छन् । उनले पार्टीका केही व्यक्तिमा अहंकार, इश्र्या, पार्टीलाई पछारिछाड्ने, विरोधीलाई मलजल गर्ने क्रियाकलाप गरेको भन्दै पार्टी आन्दोलनलाई स्वार्थपूर्ती गर्ने माध्यम बनाउन नहुने बताए ।

“के यस्ता क्रियाकलापमा सरिक हुनेलाई इतिहासले माफी गर्ला ? सोचौं भोलि हामी जनतालाई के जवाफ दिन्छौं ? तसर्थ यस्तो अपराध कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुने म पार्टी अध्यक्षको हैसियतले सबैलाई हार्दिक आह्वान र आग्रह गर्दछु” ओलीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

भ्रम छरेरजस्तो आफूले कसैलाई काखापाखा नगरेको भन्दै ओलीले भने, “म यो कुरामा सबैलाई आश्वस्त पार्न चाहन्छु । तसर्थ पार्टीलाई मजबुत पार्दै अघि बढ्ने महान कार्यमा सरिक हुन म सबैलाई आग्रह गर्दछु ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । तर त्यसअघि नै नेकपा एमालेको माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिने तयारी गरेको छ । सोही समूहलाई लक्षित गरी ओलीले विज्ञप्ति जारी गरेका हुन् ।

ओलीले यो विज्ञप्ति जारी गर्दैगर्दा एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न पार्टीका सांसदहरुलाई ह्वीप जारी गरिसकेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal