आज :

कोरोना भाइरस संक्रमण र निधनमा नयाँ रेकर्डः ८ हजार ६५९ संक्रमित, ५८ जनाको निधन

काठमाडौं । नेपाल कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । बुधबार अहिलेसम्मकै धेरै संक्रमित र ज्यान गुमाउनेको संख्या पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै ५८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

त्यसैगरी संक्रमितको संख्या पनि अहिलेसम्मकै उच्च रहेको छ । मन्त्रलायले दिएको जानकारीअनुसार आज ८ हजार ६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ । बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । जसमध्ये ४७६४ जना संस्थागत आइसोलेसनमा र ६१ हजार ५८८ जना होम आइसोलेसनमा रहेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

बुधबार ५८ जनाको निधन भएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको छ । आज पनि सबैभन्दा धेरै काठमाडौँमा झण्डै तीन हजार संक्रमित थपिएका छन् ।

मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ८४९, रुपन्देहीमा ६८०, बाँकेमा ५९१, ललितपुरमा ५१८ र भक्तपुरमा ४५८, कास्कीमा २८४, झापामा २६९, चितवनमा २१३, मोरङ।मा २०६, सुर्खेतमा १५४, पर्सामा १५२, धनुषामा १४७ र कैलालीमा १४५, कैलालीमा १४५, कञ्चनपुरमा १४०, पाल्पा ११५, नुवाकोटमा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी सुनसरीमा १०७, मकवानपुरमा १०५, काभ्रेपलाञ्चोकमा ९६ र तनहुँमा ६३, महोत्तरी र सिन्धुलीमा ५५÷५५ जना, धादिङमा ५४, बर्दियामा ४७, बारामा ४६, नवलपरासी पश्चिम र बैतडीमा ४४÷ ४४ जना, डोटीमा ४०, नवलपरासी पूर्वमा ३९, अर्घाखाँचीमा ३८, दैलेख ३४, सिरहामा ३३, म्यादीमा ३०, रौतहट र गोरखामा २८÷२८, अछाममा २३, कपिलवस्तुमा २४, सर्लाहीमा २१, धनकुटामा २०, रसुवा र गुल्मीमा १९÷१९ जना, पर्वतमा १८, सप्तरीमा १६, सिन्धुपाल्चोकमा १५, रामेछापमा १३, दोलखा १२, इलाम र सल्यानमा ११÷११ जना तथा म्याग्दी र डडेल्धुरामा १०÷१० जना कोरोना संक्रमित थपिएका छन् ।

यस्तै संखुवासभामा ९, बागलुङमा ८, उदयपुर र सोलुखुम्बुमा ७÷७ जना, ओखलढुंगा, खोटाङ र जुम्लामा ६÷६ जना, भोजपुरमा ५, प्युठान र सल्यानमा ४÷४ जना, रोल्पा र बझाङमा ३÷३ जना, ताप्लेजुङ, तेह्रथुम, मुस्ताङ, रूकुम पुर्व र कालिकोटमा २÷२ जना तथा पाँचथर, जाजरकोट र रूकुम पश्चिममा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ वर्ष मुनिका २१३ बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने १० देखि १९ वर्ष मुनिका उमेर समूहका ५२४ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal