आज :

कोरोना संक्रमणबाट बुटवलमा ४ र धनगढीमा थप दुई जनाको निधन

धनगढी । कोरोना संक्रमणबाट बुटवलमा ४ र धनगढीमा २ जनाको निधन भएको छ । बुटवलमा ८ घण्टामा ४ जनाको निधन भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकमा रुपन्देहीका चारजना संक्रमितको ज्यान गएको हो । कोरोना विशेष अस्पतालमा बेड नपाएर फिबरमा भर्ना भएका तीनजना महिला र एक पुरुषको ज्यान गएको हो ।

बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुषमा वैशाख १५ गते कोरोना पोजेटिभ पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकामा मंगलबार राति १० बजे निधन भएको अस्पतालले जनाएको छ । यस्तै कन्चन

गाउँपालिका–४का २७ वर्षीया महिलामा वैशाख १९ गते कोरोना संक्रमण देखिएको र सोही दिन अस्पताल भर्ना भएकामा बुधबार बिहान ५.४५ बजे निधन भएको छ ।

कोरोना संक्रमण पुष्टि पछि भर्ना भएका बुटवल ९ का ५४ वर्षीया महिला वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भइ सोही दिन अस्पताल भर्ना भएकोमा बुधबार बिहान ६.२२ मा निधन भएको अस्पतालले जनाएको छ । वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएकी तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिला २१ गते अस्पताल भर्ना भएकामा उपचारका क्रममा बुधबार बिहान ६.३८ मा निधन भएको अस्पतालले जानकारी दिएको छ ।त्यसैगरी धनगढीमा थप दुई जनाको ज्यान गएको छ ।

संक्रमण पुष्टिपछि उपचार गराइरहेका दुई जनाको बुधबार निधन भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताल र धनगढीकै एक निजी अस्पतालमा उपचाररत संक्रमितको उपचारको निधन भएको बताएको छ ।

प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार सेती अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका– ८ बस्ने ५८ वर्षीय पुरुष र गौरी गंगानगरपालिका–१ बस्ने ३५ वर्षीय पुरुषको मंगलबार राति निधन भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि दुबै जनालाई अस्पताल भर्ना गरेर उपचार थालिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal