आज :

४७ जिल्लामा निषेधाज्ञा जारी, रोल्पामा भोलिबाट

काठमाडौँ । कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न नेपालमा धेरै जिल्ला र क्षेत्रामा निषेधाज्ञा जारी गरिएको छ । शहरी जिल्लामा पाँच संक्रमित र पहाडी जिल्लामा २ सय भन्दा धेरै संक्रमित भए निषेधाज्ञा जारी गर्ने अधिकारी स्थानीय प्रशासनलाई दिइएको छ ।

कोरोना भाइरस संक्रमण बढ्दै गएपछि अहिले ४५ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । सोमबार नुवाकोट, कपिलवस्तु, धनुषा, दैलेख, डोल्पा, डोटी र नवलपरासी पूर्वमा निषेधाज्ञा सुरु भएको गृह मन्त्रालयले जनाएको छ । आजबाट बाजुरा र महोत्तरीमा पनि निषेधाज्ञा जारी गरिएको छ । योसँगै निषेधाज्ञा जारी भएका जिल्लाको संख्या ४७ पुगेको छ ।

अन्य जिल्लामा यस्तै यहाँ पनि अत्यावश्यक बाहेकका सेवा र आवतजावत बन्द गरिएको छ । त्यस्तै, झापा र सुनसरीमा गाडीमा जोरबिजोर प्रणाली लागू भएको छ । भोलिबाट रोल्पासहित थप केही जिल्लाहरुमा निषेधाज्ञा जारी हुने भएको छ ।

कोरोना संक्रमणको हटस्पट बन्दै गएको काठमाडौं उपत्यकाका जारी निषेधाज्ञालाई थप कडा बनाउन आवागमन नियन्त्रण सम्बन्धी आदेश जारी गरिने भएको छ । सङ्क्रमण तीव्र बन्दै गइरहेको र निषेधाज्ञा उल्लङ्घन भएको भन्दै थप कडाइ गर्न आदेश जारी गर्न लागिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ ।

काठमाडौँमा आजबाट थप कडाई गर्ने तयारी प्रशासनले गरेको छ । सोमबार काठमाडौँका कोटेश्वारलगायतका क्षेत्रमा जाम बढेपछि स्थानीय प्रशासनको आलोचना भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै नागरिकको जीवन रक्षा पहिलो सर्त भएको भन्दै निषेधाज्ञा थप कडाई गर्ने संकेत गरेका थिए । ओलीले स्वास्थ्य मापदण्ड पालन गर्न पनि अपील गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal