आज :

कोरोना संक्रमणबाट सोमबार थप ३७ जनाको ज्यान गयो, संक्रमितको संख्या अहिलेसम्मकै धेरै

काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ३७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पताल तथा आइसोलेसनमा रहेका संक्रमितको उपचारको क्रममा ज्यान गएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३६२ पुगेको छ ।

त्यसैगरी सोमबार थप ७ हजार ४४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ६५८ पीसीआर परीक्षणमा सात हजार ३८८ जना र ५१८ एन्टिजेन परीक्षणमा ६० जना गरी सात हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या तीन लाख ४३ हजार ४१८ पुगेको छ । जसमध्ये ५४ हजार ४१ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये ५० हजार १७२ जना होम आइसोलेसनमा र तीन हजार ८६९ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपचाररत संक्रमितमध्ये ५७८ जना आईसीयूमा र १४२ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या २०२१ रहेको छ ।

आज पनि सबैभन्दा धेरै काठमाडौंमा दुई हजार ९२२ जना संक्रमित भएका छन् । त्यस्तै, उपत्यकाका भक्तपुरमा २२२ र ललितपुरमा ५२२ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये एक हजार १८१ जना अस्पतालमा उपचाररत छन् । जसमध्ये १७१ जना आईसीयूमा र ५६ जना भेन्टिलेटरमा रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा ६१९, बाँकेमा ४४०, मोरङमा ३६२, कास्कीमा ३५५, चितवनमा १७५ जना कोरोना संक्रमित थपिएका छन् । यस्तै कैलालीमा १२७, काभ्रेपलाञ्चोकमा ११९, कपिलवस्तुमा ११५, सुनसरीमा ११२ र दाङमा १०२, धनकुटा र पर्सामा ९७÷९७ जना, पाल्पामा ९३, कञ्चनपुरमा ६०, झापामा ४८, मकवानपुर र बर्दियामा ४४÷४४ जना, नवलपरासी पश्चिममा ४२, नुवाकोटमा ३९, सिन्धुपाल्चोकमा ३२, गोरखा र सल्यानमा ३१÷३१, महोत्तरीमा ३०, बैतडीमा २८, सिरहामा २७, डडेल्धुरामा २६, धादिङमा २५, म्याग्दी, नवलपरासी पूर्व र अर्घाखाँचीमा २४÷२४ जना, सप्तरीमा २१, सर्लाही र लम्जुङमा २०÷२० जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी गुल्मीमा १९, बारा र तनहुँमा १८÷१८ जना, रौतहटमा १७, सिन्धुलीमा १६, जुम्लामा १५,पर्वतमा १४, उदयपुर र सल्यानमा १२÷१२ जना, संखुवासभामा १३, धनकुटा, रामेछाप र रोल्पामा १०÷१० जना, प्युठानमा ८, बागलुङमा ९, खोटाङ र अछाममा ६÷६ जना, तेह्रथुम र दैलेखमा ५÷५ जना, इलाम, ताप्लेजुङ, भोजपुर र रसुवामा ४÷४ जना, पाँचथर, सुर्खेत र दार्चुलामा ३÷३ जना, ओखलढुंगा, सोलुखुम्बु, दोलखा, मुस्ताङ, रूकुम पूर्व, कालीकोट, मुगु, हुम्ला र डोटीमा २÷२ जना र रूकुम पश्चिम, बझाङ र बाजुरामा १÷१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९ वर्ष मुनिका १५६ बालबालिका र १० देखि १९ वर्ष मुनिका ४२९ बालबालिकामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal