आज :

कोरोना कहरः आज राति १२ बजेबाट आन्तरिक हवाई उडान बन्द

काठमाडौँ । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले आजबाट आन्तरिक हवाई उडान पनि बन्द गर्ने निर्णय गरेको हो । आइतबार मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको थियो ।

कोरोना संक्रमण नियन्त्रण गर्न काठमाडौँ उपत्यकासहित तीन दर्जन जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ । हवाई उडानमा स्वास्थ्य मापदण्ड पालना नभएको र भिडभाड भएको भन्दै आलोचना भइरहेको बेला आइतबार मन्त्रिपरिषद् बैठकले आजबा आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बैशाख २२ गतेबाट अन्तर्राष्ट्रिय उडान पनि बन्द गर्ने पनि सरकारले आजै निर्णय गरेको छ । यसअघि सीसीएमसीले आन्तरिक र बाह्य उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । आइतबार मात्रै नेपालमा अहिलेसम्मकै सबन्दा उच्च कोभिड संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal