आज :

शुक्रबार अहिलेसम्मकै धेरै जनामा कोरोना संक्रमण, ५ हजार ७२७ संक्रमित, ३३ जनाको ज्यान गयो

काठमाडौँ । नेपालमा अहिलेसम्मकै जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर ५ हजार ७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संसख्या अहिलेसम्मकै उच्च हो ।

मन्त्रालयका अनुसार १५ हजार ३९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ हजार ६५७ जनाको रिपोर्ट पोजेटिभ आएको छ भने ५२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७० जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । त्यस्तै आज थप ९२८ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन् । योसँगै कोरोना निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ३३ जनामा कोरोना संक्रमितको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना कारण ज्यान जानेको संख्या ३ हजार २८९ पुगेको छ ।

नेपाल हालसम्म २४ लाख ७३ हजार ९५६ जनाको पीसीआर परीक्षण भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना कति डरलाग्दो रुपमा फैलिरहेको रोल्पाको गंगादेवी गाउँपालिकाको रिपोर्टले देखाएको छ ।

अहिले शहरमात्रै होइन गाउँसम्म पनि कोरोना भुसको आगोझैं फैलिएको छ । गंगादेव गाउँपालिकाका ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । एकैपटक गरिएको परीक्षणमा यति धेरै संख्यामा कोरोना देखिएको जिल्लामा यो पहिलो हो ।

स्वाब संकलन गरी भैरहवा पठाइएको पीसीआर जाँच गर्दा शुक्रबार पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय छन् । गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीका अनुसार सुरुमा लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो ।

सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ ।

गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal