आज :

भारतमा कोरोना भाइरसः अक्सिजन नपाएपछि मुखबाट श्वास दिइरहेको हृदयाविदारक फोटो

काठमाडौँ । भारतमा कोरोना भइरसको दोस्रो लहर नियन्त्रण बाहिर गएको छ । दैनिक संक्रमितको संख्या बढेर चार लाख पुग्ने अनुमान गरिएको छ । अहिले दैनिक साडे तीन लाख पुगिसकेको छ ।

कोरोना संक्रमितले अस्पताल भरिएका छन् । शव जलाउन मसानघाटमा समेत पालो नपाइने अवस्था सिर्जना भएको छ । भारतको राजधानी दिल्ली, उत्तर प्रदेशका मसानघाटमा शव लाइनमा राखिएका फोटोहरु भारतीय संचारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।

अस्पतालहरुमा अक्सिजनको अभाव हुँदा उपचार नपाएर संक्रमित छटपटाइ रहेका छन् । अदालतले अक्सिजन आपूर्तीमा अवरोध गर्नेलाई मृत्युदण्ड दिन आदेश दिँदा समेत अभाव झन बढ्दै गएको छ । गम्भीर समस्या भएका संक्रमितहरुलाई समेत अस्पतालले बेड खाली नभएको भन्दै भर्ना लिन छोडेका छन् । उनीहरुको घर र अस्पताल बाहिर ज्यान गइरहेको छ ।

यसैबीच उपचार नपाएर पाँच प्रवासी नेपालीको उपचार नपाएर ज्यान गएको छ । उनीहरुले उपचार नपाउँदा ज्यान गएको अफन्तहरुले बताएका छन् । सयौं नेपालीहरु संक्रमित भएको बताइएको छ ।

भारतमा अभाव बढ्दै गएपछि विश्वा स्वास्थ्य संगठनले सहयोग गर्ने बताएको छ । ठूलो राहतस्वरुप स्वास्थ्य उपकरण दिन लागेको छ । त्यस्तै अमेरिकासहित धेरै देशहरुले आपत्कालीन मेडिकल सहयोगको वाचा गरेका छन् ।

भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध अमेरिकाले हटाइदिएको छ । यूकेले त्यहाँ भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ । युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन् ।

अमेरिकामा ह्वाइटहाउसले भारतका खोप उत्पादकहरूलाई आवश्यक पर्ने कच्चा पदार्थ तत्काल उपलब्ध गराउने भनेको छ ।
भारतीय अधिकारीहरू तथा सिरम इन्स्टिच्युट अफ इन्डियाले अमेरिकालाई उसले कच्चा पदार्थमा लगाएको निर्यात नियन्त्रण हटाइदिन भनेपछि अमेरिकाले यस्ता निर्णय गरेको हो ।

त्यसैगरी अमेरिकाले भारतलाई मेडिकल तथा सुरक्षा उपकरण पनि पठाउँदैछ । यूकेले पठाएका सहयोग सामग्रीको पहिलो खेप मङ्गलवार त्यहाँ पुग्दैछ । थप सहयोग यसै साता पुग्ने बताइएको छ । यूकेले ४९५ अक्सिजन कन्सन्ट्रेटर उपकरण – जसले हावाबाट अक्सिजन तान्नसक्छ – तथा १२० नन इन्भेजिभ भेन्टिलेटर तथा २० म्यानुअल भेन्टिलेटर पठाउँदै छ ।

यसबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ । साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ ।
भारतसँग तनावपूर्ण सम्बन्ध रहेको पाकिस्तानले पनि सहयोग गर्न सक्ने बताएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको अवस्था चाँडै सुध्रियोस् भनेर प्रार्थना गरेको जनाएका छन् ।

भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन् । दोस्रो लहरको सङ्क्रमण रोक्न विफल भएको भन्दै प्रधानमन्त्री मोदीको सरकारको आलोचना भएको छ । भारतमा हालसालै ठूल्ठूला राजनीतिक ¥याली एवं धार्मिक भेला भएका थिए ।

अहिले भारतमा देखिएको संक्रमणदर विश्वभर देखिएकामध्ये सबैभन्दा बढी हो । मोदी सरकार कोरोना नियन्त्रणमा पूर्णरुपमा असफल भएको छ । सामान्य समयमा चर्को भाषण र ठूलाठूला आश्वासन दिने मोदी अहिले नबोलेरै बसेका छन् । नागरिकलाई सामान्य सान्त्वना समेत नदिएको भन्दै आलोचना भइरहेको छ ।

यसैबीच एक महिलाले अक्सिजन नपाएर छटपटिरहेका आफ्ना श्रीमानलाई मुखबाटै श्वास दिन प्रयास गरिरहेको फोटो सामाजिक संजालमा भाइरल भएको छ । संक्रमितको नजिक जान नहुने हुँदा पनि उनले आफ्नो जीवनको वास्ता नगरेर अन्तिम अवस्थामा पुगेका श्रीमानलाई बचाउने प्रयास गरिरहेकी छन् । यसले पनि भारतमा अवस्था कस्तो भन्ने देखाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal