आज :

नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख नाघ्यो, ३ हजार १७६ को ज्यान गयो

काठमाडौँ । नेपालमा कोरोनाको दोस्रो लहर तीब्र गतिमा फैलिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख नाघेको छ ।

सोमबार थप ३५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ४०० जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४४२ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा ११४ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर गरिएका मध्ये १३३३ जना महिला र २१०९ पुरुष रहेका छन् ।

त्यसैगरी सोमबार थप १२ जना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । योसँगै नेपालमा कोरोबाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

नेपालमा थप ३७८ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
आज सबैभन्द धेरै काठमाडौँमा १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।
काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।

मन्त्रालयका अनुसार देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेका छन् ।

कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकामा विहीबारबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ । यो अविधमा प्रेस, एम्बुलेन्स, फोहोर, दुध, सरकारी सवारी साधानबाहेक सबै सार्वजनिक तथा निजि सवारी साधान चलाउन रोक लगाइएको छ । त्यसैगरी अत्यवश्यक कामबाहेक घार बाहिर निस्कन पाइने छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal