आज :

काठमाडौँ उपत्यकामा निषेधाज्ञाः उपत्यका प्रवेश गर्नेहरुले अनिवार्य क्वारेन्टिन बास्नुपर्ने

काठमाडौं । कोरोना भाइरस संक्रमण नियन्त्रणको लागि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा जारी गरिएको छ । योसँगै उपत्यका प्रवेश गर्नेहरुले अब अनिवार्य रुपमा क्वारेन्टिन वा होम आइसोलेसनमा बस्नुपर्ने भएको छ ।

सोमबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १६ गते विहान ६ बजेबाट एक हप्ता निषेधाज्ञा जारी गरेको हो । बैठकले निषेधाज्ञा अवधिमा अत्यावश्यकबाहेकका अन्य गतिविधि बन्द हुने जनाइएको छ ।

कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र रुपमा फैलिएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको सोमबार बसेको संयुक्त बैठकले उपत्यकामा वैशाख १६ गतेदेखि २२ गते मध्यरातिसम्म एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेको छ ।

प्रेस, एम्बुलेन्स, फोहोर, दुध, सरकारी सवारी साधानबाहेक सबै सार्वजनिक तथा निजि सवारी साधान चलाउन रोक लगाइएको छ ।
यसैबीच सोमबार एकैदिन काठमाडौँमा १५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, ललितपुरमा २२३ र भक्तपुरमा १२२ जना संक्रमित फेला परेका छन् । त्यस्तै बाँकेमा ३०७ जना संक्रमित थपिएका छन् ।
काठमाडौँमा हाल ६४४ जना संस्थागत आइसोलेशन तथा ९४ जना आईसीयू र ४३ जना भेन्टिलेटरमा रहेका छन् ।
नेपालमा हाल काठमाडौँ उपत्यकाका तीन जिल्लासहित, मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा ३५ सय ५६ जना संक्रमित फेला परेका छन् । १२४०० जनाको पीसीआर परीक्षण र ८९३ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ३४४२ जना र ११४ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर गरिएका मध्ये १३३३ जना महिला र २१०९ पुरुष रहेका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
यही अवधिमा थप ३७८ जना निको भएका छन् । नेपालमा हालसम्म निको हुनेको संख्या २ लाख ७७ हजार ९५१ रहेको छ ।

त्यसैगरी सोमबार थप १२ जना संक्रमितको उपचारको क्रममा ज्यान गएको छ । योसँगै नेपालमा कोरोबाट ज्यान गुमाउनेको संख्या ३१७६ पुगेको छ ।

मन्त्रालयका अनुसार देशभर २२ हजार ४३४ जना सक्रिय संक्रमित रहेका छन् जसमध्ये होमआइसोलेसनमा २० हजार ५३५, संस्थागत आइसोलेसनमा १ हजार ८९९, आईसीयूमा २६८ र भेन्टिलेटरमा ७९ रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal