आज :

सुर्खेतमा भोलिबाट एक हप्ताको लागि निषेधाज्ञा जारी

सुर्खेत । कोरोना संक्रमण बढ्दै गएपछि सुर्खेतमा एक हप्ताको लागि निषेधाज्ञा जारी गरिएको छ । कर्णाली प्रदेशका राजधानी समेत रहेको सुर्खेतमा भोलि अर्थात मंगलबार रातिबाट लागु हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्ला कोरोना संकट व्यवस्थापन समितिले मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले संचारमाध्यमलाई जानकारी दिएका छन् ।

भारतमा कोरोना बढेसँगै घर फर्किनेको भिड बढेकोले सुर्खेतमा संक्रमित बढेको बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण बाहिर जान सक्ने विज्ञहरुले चेतावनी दिएका थिए । तर, सरकार र नागरिक दुबैले स्वास्थ्य मापदण्डको पालना नगरेपछि अहिलेको अवस्था सिर्जना भएको हो । आजमात्रै बाँकी र बर्दियामा निषेधाज्ञा जारी भइसकेको छ ।

काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा जारी गर्ने अवस्था आएको निष्कर्ष निकालेका छन् । तर, निषेधाज्ञा वा लकडाउन गर्नेबारे माथिल्लो नकिालेले निर्णय गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal