आज :

बाँके–बर्दियामा एक हप्ताको लागि निषेधाज्ञा, काठमाडौँ उपत्यकाका प्रजिअको बैठक बस्दै

काठमाडौं । कोरोना संक्रमण तीब्र गतिमा फैलिएपछि बाँके र बर्दियामा आजबाट एक साता निषेधाज्ञा गरिएको छ । सोमबार मध्यरातिबाट निषेधाज्ञा जारी हुनेछ ।

कोरोना संक्रमित बढ्दै गएपछि बैशाख ८ गतेदेखि १५ गतेसम्म बाँकेको नेपालगञ्ज उपमहानगर क्षेत्रभित्र मात्र लकडाउनको निर्णय गरिएको थियो । संक्रमण जिल्ला भरी नै फैलिएपछि आजदेखि निषेधाज्ञा जारी गर्न लागिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।

गेलानका अनुसार सोमबार राति १२ बजेदेखि वैशाख २० गते राति १२ बजेसम्म निषेधाज्ञा लागु हुनेछ । निषेधाज्ञा अवधिभर एम्बुलेन्स, दमकल, शववाहन, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीका गाडीमात्र सन्चालन गर्न दिने निर्णय प्रशासनले गरेको छ ।

यसैगरी स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, पेट्रोलियम पदार्थ, फोहोरमैला व्यवस्थापन, ग्यास, तरकारी, खाद्य पदार्थ, बैंकका एटिएम, औषधि पसल र हवाई सेवा पनि खुल्ला हुने छन् ।

बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि छिमेकी बर्दियामा पनि सतर्कता अपनाउन लागिएको छ । पछिल्ला दिनमा बर्दियामा पनि कोरोना संक्रमित बढ्दै गएका छन् । बर्दियामा पनि निषेधाज्ञा जारी गर्ने तयारी भइरहेको बताइएको छ ।

यसैबीच सबैभन्दा बढी प्रभावित काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्न लागेको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे छलफल गर्ने बताइएको छ ।

संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)ले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । उपत्यकामा थप क्षेत्रमा कडाइ गर्ने प्रशासनको तयारी छ । संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने रणनीति तय गरिने बताइएको छ ।

सिसिएमसीको सिफारिसबारे आज बस्ने मन्त्रिपरिषद् बैठकले पनि निर्णय गर्ने बताइएको छ । सीसीएमसीको आइतबार बसेको बैठकले शहरी क्षेत्रमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको क्षेत्रमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । यो सिफारिसलाई मन्त्रिपरिषद्ले अनुमोदन गरे काठमाडौँ उपत्यकाका तीनवटै जिल्लासहित करिब १० वटा जिल्लामा निषेधाज्ञा जारी हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal