आज :

कोरोनाका बिरामीलाई अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई झुण्ड्याउन अदालतको आदेश

काठमाडौँ । भारतमा कोरोना संक्रमित बढेसँगै अस्पताल भरिएका छन् । बिरामीलाई अक्सिजनको अभाव भइरहेको छ । दिल्लीमा अक्सिजनकै अभावका कारण बिरामीको ज्यान जान थालेपछि अबरोध भएको भन्दै अदालतमा रिट गरिएको थियो ।

रिटमाथि सुनुवाई गर्दै अदालतले अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई झुण्ड्याएर मृ.त्युदण्ड दिन आदेश दिएको छ । दिल्लीस्थित महाराजा अग्रसेन अस्पताले गम्भीर बिरामीलाई भइरहेको अक्सिजन कमीलाई लिएर अदालतमा रिट दायर गरेपछि झुण्ड्याउन आदेश दिएकोे भारतीय संचारमाध्यमहरुले समाचार सम्प्रेशण गरिरहेका छन् ।

न्यायाधीश विपिन सांघी र रेखा पल्लीको बेञ्चको आदेशमा अक्सिजन आपूर्तिमा अवरोध गर्नेलाई कुनै माफी दिन नसकिने उल्लेख छ ।

सुनुवाइका क्रममा केन्द्र सरकारले दिल्लीमा दैनिक ४ सय ८० मेट्रिक टन अक्सिजन आपूर्ति गर्ने आश्वासन कहिले पूरा हुन्छ भन्ने प्रश्न गरेको छ । दिल्लीका धेरैजसो अस्पतालमा अहिले तरल अक्सिजनको ठूलो अभाव छ । जसका कारण कोरोनाका गम्भीर बिरामी मारमा परेका छन् ।

दिल्लीको जयपुर गोल्डेन अस्पतालमा हिजो अक्सिजनको कमीका कारण २० जना कोरोनाका बिरामीको मृत्यु भएको थियो । सरकारी र निजी अस्पतालहरू दुवैले अक्सिजनका लागि हारगुहार गरिरहेका छन् । देशभर संक्रमितको संख्या तीव्र गतिमा बढिरहँदा अस्पतालमा शय्याको पनि अभाव भइरहेको छ ।

मानिसहरूले संक्रमित आफन्त तथा साथीहरूका लागि अस्पतालमा शय्या, जीवनदायी औषधि, अक्सिजन र प्लाज्माका लागि याचना गरिरहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आपत्कालीन कक्षका साथै वार्डहरू पनि बिरामीले खचाखच भरिएको समाचारमा उल्लेख छ ।

भारतमा पछिल्ला केही दिनयता संक्रमितको संख्याले दैनिक नयाँ रेकर्ड कायम गरिरहँदा आज तेस्रो दिन थप ३ लाख ४५ हजार १४७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal