
काठमाडौँ । राजनैतिक विश्लेषक प्रा.डा. गोपाल शिवाकोटीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौं । नेपाल कुटनीतिक अध्ययन संस्थाका अध्यक्ष समेत रहेका सिवकोटीको शनिबार आफ्नै निवासमा निधन भएको थियो ।
संस्थको महासचिव डा. दिपेन्द्र रोकायाले एक समवेदना व्यक्त जारी गरेर सिवाकोटीको निधनप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् । “दोलखा जिल्लाको सुस्पा क्षमावतीको ओखलढुङ्गा गाउँमा २००५ सालमा जन्मनु भएका शिवाकोटीले जीवनमा राजनीति¸ पत्रकारित, प्राध्यापन, अनुसन्धान तथा लेखनमा आफ्नो जीवन क्रियाशील बनाउनु भएको थियो । उहाँका राजनीतिशास्त्र, दर्शन, विभिन्न जातजाति र परराष्ट्रसम्बन्धी दर्जनौ पुस्तकहरु प्रकाशित छन् । उहाँको निधनले नेपालको बौद्धिक क्षेत्रमा ठूलो क्षति भएको छ” रोकायाले भनेका छन् ।
२०५८ सालदेखि आँखा नदेख्ने र २०६१ सालदेखि मृगौला रोगबाट पीडित भई मधुमेह र कानको समस्याबाट पीडित भएपनि निरन्तर लेखन तथा अध्ययन अनुसन्धानमा क्रियाशील शिवाकोटी अनलाइन डबलीका स्तम्भकार समेत थिए ।
संवाद डबलीले आयोजना गर्ने राजनीतिक, कुटनीतिलगायतका विषयमा आयोजना गर्ने कार्यक्रममा सिवाकोटीले गहन विषय राख्दै आएका थिए । सिवाकोटीको निधनप्रति संवाद डबली परिवार हार्दिक श्रद्धाञ्जली र परिवारमा गहिरो समवेदना व्यक्त गर्दछ ।